दुषप्रचारले कुनै असर पुर्याउन सक्दैन – महेश बस्नेत

भक्तपुर ,नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरको गुण्डुमा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा उपस्थितिले स्थानीय वातावरणमा उत्साह र चहलपहलको माहोल सिर्जना गरेको बताएका छन्।
बस्नेतका अनुसार, गुण्डुका स्थानीय बासिन्दाले परम्परागत सत्कार र स्वागतको शैलीमा ओलीलाई आत्मीयतापूर्वक स्वागत गरेका छन्।
उनले थपे, केही सञ्चार माध्यम र व्यक्तिहरूद्वारा फैलाइएको दुषप्रचारले ओलीको व्यक्तिगत सम्मान वा जनसम्बन्धमा कुनै असर पार्दैन। बस्नेतले जनताले देखाएको आत्मीयतालाई वास्तविक प्रमाणको रूपमा मूल्याङ्कन गरेका छन्।
बस्नेतका अनुसार, असामान्य भेटघाट र चहलपहलले गुण्डुमा स्थानीय जनताको नेता–जनसम्बन्ध अझ प्रगाढ भएको देखाएको छ। बस्नेतले आफ्नो फेसबुकमा लेखेका छन्:
गुन्डुमा पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिले यस क्षेत्रको गौरव र महत्त्व अझै बढाएको छ। यहाँका स्थानीय बासिन्दामा स्वागत र सत्कारको संस्कार गहिरो परम्परा छ, जुन अहिले पनि निरन्तर देखिन्छ।
यसैबीच, जनआस्था जस्ता पत्रिका र सम्पादक किशोर श्रेष्ठमार्फत चलाएको भ्रामक प्रचार र News24 का राजिव खत्रीहरूले गरेका स्ट्यानबाजीपूर्ण दुषप्रचारले उहाँको व्यक्तित्व वा मान–सम्मानमा कुनै असर पुर्याउन सक्दैन ।
उहाँको गुन्डुको बसाइ आज आठौँ दिन हो। विगत आठ दिनदेखि यहाँ असामान्य चहलपहल, भेटघाट र उत्साहको माहोल छ। वास्तवमै, कसैले नचाहँदैमा कसैको लोकप्रियता वा जनसम्बन्ध घट्दैन; जनताले देखाएको आत्मीयता नै वास्तविक प्रमाण हो।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE