राष्ट्रिय मातृभुमी पार्टीले भ्रष्टाचारि लखेट्ने

जेठ १३,काठमाडौ। भ्रस्टाचार,बेतिथी बिरुद्द कडा एक्सनको शुरु राष्ट्रिय मातृभुमी पार्टी नेपालले गरेको छ।
अहिले लोकतन्त्र र गणतन्त्रको नाउँमा नाङो भ्रष्टाचार ,लुटतन्त्र,दलालतन्त्रले देश डुबानमा परिरहेको ,जनतामा बितृष्णा नैराश्यता बढिरहेकोले देश र जनतालाइ मुक्ति दिन अब बृहत जनआन्दोलनको आवश्यकता परेकोले यो पार्टीले आजैदेखि एक्सनमा उत्रिएको हो।
पर्टिको वरिष्ठ नेता वरिष्ठ पाइलट क्याप्टेन केबि लिम्बुको संयोजकमा पार्टी महासचिव गोविन्द गिरि लगायतले एक्सनको शुरुआत नेपाल वायु सेवा निगममा गएर भ्रष्टाचार ,लुटतन्त्र बिरुद्धमा ध्यानाकर्षण र प्रेस बिज्ञप्ति बुझाएर गरेको छ।
क्याप्टेन लिम्बू निगमको पुर्ब महाप्रबन्धक समेत हुन् भने निगममा पुग्दा वर्तमान निगमका अध्यक्ष ध्यानाकर्षण पत्र र प्रेस बिज्ञप्ति बुझ्न देखि भागेपछी केहिबेर निगम भित्र होहल्ला समेत मच्चिएको थियो।पछि टोलि कार्यलयमा पत्र दर्ता गराएर फर्केको थियो।
पत्र बुझाइसकेपछी संचारकर्मीसंग कुराकानी गर्दै क्याप्टेन लिम्बुले ‘देशको भ्रस्टाचारको केन्द्र मध्य एउटा यो निगम पनि हो।ध्यानाकर्षण गराएका छौ।होसियार गरेका छौं ,नेपाली जनताले भ्रष्टाचारिलाइ कडा कारबाही नगरेसम्म देश र जनताले मुक्ति पाउदैन।र,अब राष्ट्रिय मातृभुमी पार्टीले अब यसको थालनी गरिसक्यो’भने।
यस्तै,पार्टीका महासचिव गिरिले ‘अब पत्र बुझायौ,अख्तियार पनि जान्छौ।देशलाइ भ्रष्टाचार र बेतिथी मुक्त गरेरै छोडछौ’भने।
राष्ट्रिय मातृभुमी पार्टी नेपालले राजावादी आन्दोलनलाई नैतिक समर्थन पनि गरिरहेको छ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE