त्यो रात – सुरेशकुमार पाण्डे

म बाँचेको अब यत्तिनै रहिछ।” श्यामले मनमनै भन्यो।ऊ यता उता हेर्यो सबै मस्त निद्रामा थिए।दिनभरी कामगरेर थाकेको सरिरले आराम पाएको थियो।
तर श्यामलाई कहाँ निन्द्रा आउँथ्यो। ऊ छट्पटी रहेको थियो धेरै प्रयास पछि पनि त निकोहुँन सकिन।औषधी नगरेको पनि होइन हिंजै त डाक्टरले अप्रेशन गर्दा खतरा छ भनेर फिर्ता पठाएको थियो।
श्यामको छातीमा एउटा ढुङ्गा जस्तै चाम्रो रसौली झैँ थियो।
केही वर्ष देखि नै त्यो ढुङ्गाले सताएको श्याम आज आरपारको मुडमा थियो।
उसले घर सम्झियो र आँमा र भाई बहिना सम्झियो अनि केही थोपा आशुका खसाल्यो।
जुरूक्कै उठ्यो र चुपचाप किचनमा गयो।
तीखो झिर जस्तै एउटा चक्कु भेटायो।अनि केही नसोचेर त्यसलाई ग्यासमा खुब ततायो त्यो एकछिनमै रातो भयो।अनि आँखा चिम्म गर्यो र त्यो ढुङ्गा जस्तो छातीको डल्लोमा घोप्यो।
अहिले च्यूँ गर्यो र भलभल हरियो पिप जस्तो रगत निसकीनथाल्यो। एउटा सानो छिया-छिया भएको हाडको टुक्रा निसकीयो।बिस्तारै रूमालले छोप्यो र तान्यो अनि धोयो त्यो साँचै हाड नै थियो।
तर रगत रोकिएन निरन्तर बगिरह्यो।
श्यामले अनेक उपाया गर्यो तरपनि रोकिएन।पिठो सारो गरेर मुछ्यो र घाउभित्र हाल्यो अनि एक पसर बुको पिठो छातिमा राख्यो र उत्तानो पर्यो घडीले रातिको तीन बजाएको थियो।कुनवेला ऊ निधाएछ पत्तै पाएन।
” ए श्याम -श्याम !” उसको कानमा निद्रामै कसैको आवाज ठोकियो।
ऊ जुरूक्क उठ्यो बिहानको दश बजेको थियो।उसको हात छातीमा टाँसिएको थियो रगतले। तर घाउ अहिले ओभानो भएको थियो।
” के भयो धेरै बिसञ्चो भएको छ क्याहो ? हिंड अस्पत्ताल लान्छु।” कमलले प्रश्न मिश्रृत प्रस्ताव राख्यो।
” मैले आफै अप्रेसन गरें यार।”- श्यामले घाउ देखाउँदै भन्यो।
दाङ घोराही १८
११-०७-२०२५(२७-०३-२०८२)
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE