ओलीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने तयारि


नेपाली कांग्रेस र नेकपा एमालेले दाबी पेश गरेपछि ओलीसहित दुवै दलका नेताहरु शीतल निवास पुगिसकेका छन्। राष्ट्रपतिबाट आजै राति एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।
सरकार कामचलाउ राख्न नहुने भन्दै आजै राति प्रधानमन्त्री नियुक्त गर्न दुवै दलका नेताहरुको सुझाव छ । औपचारिकरुपमा दाबी पेश भएपछि राष्ट्रपतिले आवश्यक कदम चाल्ने शीतल निवास स्रोतको भनाइ छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE