जान्नुहोस्, हाँस्नुका फाइदा?


हाँसोले सकारात्मक व्यक्तित्वलाई दर्शाउँछ। हास्नु तथा मुस्कुराउनुले शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ,
यसबाट पर्याप्त मात्रामा सेता रक्तकोषको निर्माण हुन्छ तथा विभिन्न खाले हर्मोनको उत्सर्जन पनि हुन्छ।
हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्दत गर्नुका साथै मांसपेशीलाई ४५ मिनेटसम्म आराम दिलाउँछ।
प्रतिरोधी क्षमतामा वृद्धि गर्छ
तनाव जति हुन्छ, उति नै शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ। हाँसोले तनावका हार्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणविरुद्ध लड्ने एन्टीबडी वृद्धि गर्छ। यसले रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ। हाँस्दा वृद्धवृद्धामा अल्जाइमर रोग पनि लाग्न पाउँदैन।
हाँस्ने बानीले स्वस्थ रहन मद्दत गर्ने इन्डोर्फिन नामक रसायन वृद्धि गर्नुका साथै अस्थायी रुपमा पीडा हटाउन पनि सहयोगी भूमिका निर्वाह गर्छ।
नर्वेमा गरिएको एक अध्ययनले जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ नहाँस्ने मानिसभन्दा बढी समयसम्म बाँचेको पाइएको थियो।
बौद्धिक स्तर बढाउँछ
मानिसको मस्तिष्कका लागि हरसमय धेरै नै अक्सिजन आवश्यक हुन्छ। हाँस्ने बानीले मष्तिष्कमात्र नभई शरीरका सम्पूर्ण अंगमा अक्सिजन आपूर्ति गर्छ। यसले बौद्धिकस्तरका साथै शारीरिक दक्षता पनि बढाउँछ।
मूड ठीक गर्छ
हाँस्दा मस्तिष्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले मूड ठीक गर्न मद्दत गर्छ। मूड ठीक हुनुको अर्थ हो, जीवनका सबै कुरा राम्रो हिसाबले चल्नु। मूड ठीक हुँदा मानिसको व्यक्तिगत जीवन, सामाजिक जीवन‚ व्यवसायिक जीवन सबैमा सकारात्मक प्रभाव पर्छ। यस्तै, हाँस्ने बानीले बिना तनाव कुनै पनि प्रकारका अप्ठेरोसङ्ग जुध्ने क्षमतामा वृद्धि गर्छ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE