लघुकथा :- झण्डाको दुरुपयोग – सुरेशकुमार पाण्डे
फराक -फराक साथिहरू मित्रमणी मरे तरपनि उन्का महान बिचार सधैं जिवित रहनेछन्।अब उहांको पार्थिव सरिरमा नेता कोमलालले आफ्नो पार्टीको झण्डा ओढाएर सम्मान् गर्नुहुने छ।”- चिन्तामणीले मुर्दाघाटमा जलाउंन ठिक्क पारेको मित्रमणिको चितामा उभिएर सबै मलामी तिर नियाल्दै भन्यो।
” के के राम्रो काम गरेको रहेछ यसले ? ” -केही मलामिहरू कानाखुसी गर्नथाले।” सीसी. चुप यो अबस्थामा यस्तो-उस्तो टिकाटिप्णी बोल्नुहुंदैन।”- आर्कोले चुप गरायो।
” ओहो त्यो बेनर नदेखाऊ है ! मुर्दारले कहिले प्रवेश गरेछ त्यो पार्टी ।यो त हाम्रो पार्टीमा पो थियो त ?”-कैलासले आफ्नो साथीको कानमा भन्यो।
” खै थाहा भएन मैलेपनि हाम्रै पार्टीको ठानेको थिएँ।”-उसले बेनर झोलामा राख्दै भन्यो।
” कुन पार्टीको झण्डा ओढाउंछन् ? यो एक नम्वरको जुवाडे,जहंड्यालाई !”- रामेले प्याच भन्यो।
” हेर रामु’ अहिले आफु बाइलो बन्नुभन्दा चुप लागेको राम्रो हुन्छ। ऊ के थियो कस्तो थियो त्यसको बारेमा अब केही भन्नु पर्दैन। गतिलो थियो अगतिलो थियो त्यो सबै यो सँगै गयो। “- निमलालले सम्झायो।
मित्रमणीलाई आमुख पार्टीको छण्डा ओढाए त्यो देखेर सबै सतम्भ भए। ” छी छी यस्तो जण्ड्या ,अपराधी ,जुवाडे यस्तालाई पनि यो पार्टीको झण्डा ओढाए । कहिले प्रवेश गराएछन् यस्लाई पार्टीमा ?”- रामुले निमलालसँग प्रश्न राख्यो।
” यो नेता कोमलालको भाई हो ! नेताको भाईलाई जीवनभरी गरेको अपराध बाट चोखाउँने प्रयास गरेको छ।’- निमलालले रामुलाई एकान्तमा लगेर जानकारी गरायो।
” हो यसैलाई भन्छन् झण्डाको दुर्पयोग।”-रामुले भन्यो र प्याच थुक्दै।
दाङ घोराही १८
०१-०१-२०२५(१७ -०९-२०८१)
WRITE COMMENTS FOR THIS ARTICLE