आइतवार, चैत्र २३, २०८१
Sunday, April 6, 2025

विपद‍्मा परी १३९ जनाको मृत्यु

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

मौसमजन्य विपद‍्मा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिराेलगायत विपद‍्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशीमा २२, मधेसमा ६, बागमतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाढीपहिराेमा परी कोशी र बागमती प्रदेशमा दुई/दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक/एक गरी ६ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । विपद‍्मा परी एक सय ५६ जना घाइते भएका छन् ।

बाढीका कारण एक सय ८४ घर डुबानमा परेका छन् भने दुई सय ३८ घर, ८६ गोठ, ४३ पुल, दुई विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट चार हजार ३० घरपरिवार विस्थापित भएका छन् । रासस

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x