पेट्रोलियम तथा ग्यास श्रमिक संघले दिलायो शान्ति मगरलाई न्याय
अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघको नेतृत्वमा एकजना श्रमिकको पक्षमा उपलब्धिमुलक काम भएको छ । संघको पहलमा ललितपुरकी शान्ति मगरलाई न्याय मिलेको छ ।
घटना यस्तो छ ।
केही समय पहिले ललितपुर जिल्लामा रहेको महालक्ष्मी विश्वकर्मा ट्रेडर्समा कार्यरत प्रेम श्रेष्ठको उपचारका क्रममा असामहिक निधन हुन्छ । प्रेम श्रेष्ठको एक श्रीमति एक छोरी एक काखे छोरा पनि हुन्छन् । श्रीमति शान्ति मगरलाई सुत्केरी अबस्थामा हुँदा परेको बज्रपात चानचुने थिएन । यता श्रीमानको न बिमा न औषधि उपचार खर्च न सामाजिक सुरक्षा बिचल्ली अबस्था हुन्छ । पम्प संचालकसँग आफ्नो अधिकार कुरा उठाउँछिन । पम्प संचालकसँग कुराकानीले उनलाई आशावादी बनाउँन सक्दैन । उनको समस्यालाइ पम्प संचालक जनार्दन फुँयाल समाधन गर्न सक्दिन भन्छन् । शान्तिलाइ झन तनाव थपिन्छ । श्रीमानले त्यही १५ बर्ष काम गर्दा पनि उनले राहत नपाएको घटनाप्रति संघ गम्भीर हुन्छ ।
अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघको सम्पर्कमा आएपछी शान्तिले राहतको महसुस गर्छिन । त्यहा एउटा निवेदन पनि दिन्छिन । संघको सक्रियतामा उनको अधिकार लागी श्रम अदालतमा मुद्दा दायर हुन्छ । । श्रम अदालतको निर्णय अनुसार आपसी सहमतिमा १३ लाख ५० हजार क्षतिपूर्ति रकम उनले प्राप्त हुने वातावरण बन्छ ।
अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका बाग्मती प्रदेश कमिटी अध्यक्ष नवराज भट्ट भन्छन् – ` फ़ेरि एकपटक हामी श्रमजीवी मजदुरहरूको संघ भएको पुष्टि भएको छ । हामी यस्ता कयौं मुद्दामा लागिरहनेछौ । हामी श्रमिककै पक्षमा रहनेछौं , शान्ति मगरले पाएको न्याय हाम्रो संघले पाएको न्याय पनि हो ।येस्तो घटना बागमती प्रदेशमा नदोहोरियोस भन्न चाहान्छु ।´
WRITE COMMENTS FOR THIS ARTICLE