लोकसेवा कसरी तयारी गर्ने ? – खिम प्रकाश बुढा
अहिले नेपालमा सरकारी जागिर लोकसेवाको आकर्षण बढ्दो क्रममा छ । लोकसेवाले कुनै पनि पदको लागि बिज्ञापन निकाल्दा माग भन्दा सयौ गुणा बढी आवेदन पर्ने गरेको छ । कुनै पदको लागि आवश्यक शैशिक योग्यता एस.एल.सी. हुँदा पनि त्यसमा स्नातककोत्तर तह ( डिग्री ) भएकाले समेत आवेदन दिने गरेको पाइन्छ । लोक सेवामा फारम भर्ने, दस्तुर बुझाउने भीडले पनि सरकारी जागिरमा ठुलो आकर्षण रहेको देखाऊछ । तर लोकसेवाको कसरी तयारी गर्ने, कसरी पढ्ने सन्दर्भमा आवेदकहरुसंग पर्याप्त ज्ञान नहुँदा धेरैले सफलता पाउन भने सक्दैनन् । हामीले तिनै आवेदकहरुलाई लक्षित गर्दै, हाम्रो एक मात्र उदेश्य भनेको लोक सेवा तयारी गरिरहेकाहरुलाई सहयोग गर्नु हो ।
लोक सेवा अध्ययन गर्नेहरूका लागि लेख्ने पेपर अर्थात् विषयगत पेपर टाउको दुखाईको विषय बन्ने गरेको छ । सही ढंगले पढ्न र लेख्न नजान्दा परीक्षार्थीहरू असफल पनि हुन्छन् । प्रतिस्प्धात्मक लोक सेवा परिक्षामा अध्ययन शैली पृथक र लेखाइ शैली दमदार भयो भने सफल हुन गाह्रो छैन।
प्राकृतिक विविधताले भरिपुर्ण कर्णाली प्रदेशको जिल्ला रुकुम पश्चिम् आठविसकोट नगरपालिकाकाे दुर्गम गाउँ वडा नम्बर १ अवस्थित ओख्ले, सिस्ने हिमालको काखमा स्वर्गीय बाबु बिरभान बुढा र आमा शितली बुढाकाे काेखबाट वि.स. २०४५ सालकाे मङ्सिर ५ गतेकाे दिन सामान्य गरिब परिवारमा खिम प्रकाश बुढाको जन्म भएको थियोे । उहाँको बाल्यकालकाे शिक्षा हासिल गाउँकै सामान्य सरकारी शाइकुमारी प्राथमिक विद्यालयमा परिवारलाई खेतीपाती, गाई, भैंसी,भेडी बाख्रा गाेठ चढाउदै मध्यम स्तरकाे शिक्षा रुकुम मुसिकाेट खलंगा अवस्थित त्रिभुवन जनता उच्च माध्यमिक विद्यालय तथा मुसिकोट बहुमुखी क्याम्पसबाट स्नातक तहको शिक्षा हासिल गरी उच्च शिक्षा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाडौंबाट प्राप्त गर्न सफल हुनु भयो। आर्थिक विपन्नता, भाैगलिक विकता,शैक्षिक अभावका बावजुद एस.एल.सि.(हालकाे एस.ई.ई.) उतिर्ण पश्चात् अस्थायी करारीय जागिरे जीवन जिउन बाध्य हुनुभयो। शिक्षण जागिरे पेसाकाे दाैरानमा (अस्थायी र स्थायी) दुर्गम क्षेत्रकाे लामो अनुभव पनि हासिल गर्नु भयो। नेपालको शिक्षण पेशा प्रतिकाे दृष्टीकाेण अन्य सरकारि सेवाको भन्दा फरक भएकोले सो सरकारी पेशा प्रतिको मोह जगाउनु भयो । निजामती सेवा लगायतका अन्य सरकारी सेवाका प्रशासन समुहमा अधिकृत स्तरका थुप्रै स्थानमा लिखितमा उतिर्ण भए पनि प्रयोगात्मक तथा मौखिक अन्तर्वार्तामा सिफारिस हुन नसक्दा पनि उहाँले हरेस खानु भएन। यद्यपि असफलता नै सफलताकाे जननी हाे भन्ने मुल मन्त्रलाई आत्मसात गरी हरेश नखाई निरन्तर रुपमा सङ्घर्ष गरि रहनु भयो। फलस्वरूप: हाल सरकारी सेवाकाे रुपमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान-कार्यलय भद्रकाली, प्लाजा, काठमाडौंकाे व्यापार प्रबर्द्धन विभागमा सह- विभागीय प्रबन्धक पदकाे प्रशासन सेवामा कार्यभार सम्हाल्नु भएको छ।
लाेकसेवा तयारी गरी निजामती तथा अन्य सरकारी सेवामा प्रवेश गर्न चाहने युवा वर्गलाई उहाँले के अनुराेध गर्नु भएको छ भने धैर्यता,परिश्रम,मेहनत, निरन्तरता, लगनशीलता, अध्ययन तथा अभ्यास नभइ नहुने गुणहरु आधार स्तम्भको रुपमा रहेको कुरा उल्लेख गर्नु भएको छ । लाेकसेवाकाे तयारी गर्दा सकारात्मक साेच र दृष्टिकोण सहित सम्बन्धित तहकाे आधिकारिक पाठ्यक्रम, पाठ्य-वस्तु तथा पाठ्य सामाग्रीहरुको बृहत् अध्ययन गर्नु पर्ने तथा अध्ययनकाे क्रममा साथी- सर्कल समूह निर्माण, सम्बन्धित विषय विशेषज्ञहरू, आधिकारिक वेभ साइट भिजिट, लेख- रचना तथा पत्रपत्रिकाहरुको गहिरो अध्ययन गर्न आबश्यक छ भनी उल्लेख गर्नु भएको छ ।
अध्ययन २४ सै घण्टा पढ्नु पर्छ भन्ने छैन, समय व्यवस्थापन गरेर विहान- साझ २/४ घण्टा दैनिक रुपमा विश्लेषण तथा शस्लेषणात्मक सहित सिर्जनात्मक तवरले पढ्नु पर्ने र अध्ययन गर्ने क्रममा मुख्य विषयबस्तुकाे बुदा टिपाेट गरि लेखेर पढ्दा लेखन सिपकाे विकास भई लिखित परिक्षाकाे लागि थप बलियो आधार पुग्न गई जसले गर्दा सफलताको शिखर पुग्न कोशे ढुङ्गा सावित बन्ने कुरा व्यक्त गर्नु भएको छ । हरेक लिखित परिक्षाको कार्यक्रमा सहभागी हुँदा परिक्षार्थिहरुको समय ब्यबस्थापनको महत्त्वपूर्ण भुमिका रहने र आफुले जानेको नभई प्रश्नले मागेको उत्तर बिषयबस्तुको रुपमा प्रस्तुत गर्नुपर्ने बताउनु भएको छ ।
अन्त्यमा,हरेक सफल हुने व्यक्तिहरुले फरक काम हाेइन त्यही काम फरक तरिकाले मात्र गर्ने भएको हुँदा तपाईं लाेकसेवा आयोग प्रतिपर्धीहरुले पनि अरु भन्दा अलि फरक तरिकाले अध्ययन गरी सफलता ढिलाे-चाडाे तपाईंको हातमा भएको तर हरेश कहिल्यै नखानुहाेस् ।
(Think Positive , Be positive & Do Positive)
धन्यवाद।
WRITE COMMENTS FOR THIS ARTICLE