मानव वेचबिखन आरोपमा पक्राउ परेका न्यौपाने धरौटीमा रिहा


रातोनेपाल।भदौ २५,काठमाडौ।
ग्रिनकार्डको प्रलोभन देखाएर मौरिसस पुर्याई मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका बुद्दिराज न्यौपानेलाई जिल्ला अदालतले पाच लाख धरौटिमा छाडेको छ।
काठमाडौ जिल्ला अदालत ३९इजलास न्यायाधीश महेन्द्र बहादुर कार्किले उनलाई धरौटीमा छोड्न गत शुक्रबार आदेश गरेको हो।
झापा कमल गाउँपालिका–१ स्थाइ घर भएका५४ वर्षीय न्यौपानेलाई मानव बेचबखिन अनुसन्धान ब्यूरोको टोलीले २४ दिन अघि काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको थियो।
उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको ब्यूरोकाप्रवक्ता तथा एसपी गौतम मिश्रले बताएका थिए ।
न्यौपानेले आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई मासिक ७० हजार कमाई हुने भन्दै मौरिसस पठाइदिने र केही समयमै ग्रिनकार्ड हुने आश्वासन दिइएको बताइएको छ।
पीडित ती महिलाबाट उनले २ लाख ५० हजार रुपैयाँ समेत लिएको खुलेको र ती महिलालाई नेपालबाट भारतको दिल्ली हुँदै १३ माघ २०८० मा मौरिसस पुर्याएका थिए ।
खबर अनुसार पूर्वयोजना अनुसार मौरिससस्थित एयरपोर्टमा ती महिलालाई एक मौरिसस नागरिकले रिसिभ गरेका थिए भने मौरिसस नागरिकले नेपाली महिलालाई न्यौपाने मार्फत आफूले खरिद गरेको भन्दै दैनिक १८ घण्टासम्म काममा लगाउने ,चरम यौन र श्रमशोषण गरेको समेत आरोप थियो ।
मौरिसस नागरिकको घरबाट फरार भई उनी पोर्चुगल रहेको नेपाली नागरिकको सहयोगमा २० असार २०८१ मा नेपाल आएर ब्यूरोमा जाहेरी दिएकी थिइन् ।
न्यौपानेले आफुलाइ जनमत पार्टिको केन्द्रीय सदस्य बताउने साथै भारतका शक्तिशाली नेतासँग साठ्गाठ रहेको र कसैसङ नडराउने भन्दै पीडित ती महिलालाइ उल्टै धम्काउने गरेको पनि स्रोतले बताएको छ।
त्यसपछि मात्रै न्यौपानेलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE