शनिबार, फाल्गुन २३, २०८२
Saturday, March 7, 2026

बाल श्रम अन्त्य गर्न ग्लोबल प्यानलको आह्वान

विश्व सामाजिक मञ्च २०२४ को अवसरमा काठमाडौँमा आयोजना भएको बालश्रम अन्त्य गर्ने ग्लोबल प्यानलले बालश्रम अन्त्यका लागि तत्काल काम गर्न आह्वान गरेको छ । प्यानलले विश्वव्यापी बाल श्रमले उत्पन्न भएका बहु आयामिक चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले व्यापक छलफल गरेको थियो ।

सीएसओज फोरम अनएसटिजी८.७ नेटवर्कले संयोजन गरेको उक्त प्यानलमा बोल्दै अधिकारकर्मी मिलन धरेलले अर्को विश्व सम्भव छ भनिरहँदा बालश्रम नभएको विश्वको परिकल्पना गरिएको बताए । उनले भने विश्वभरि अहिले करिब १६ करोडको हाराहारीमा बालबालिका श्रममा छन् भनिएको छ । यसलाई हेर्दा जनचेतनाको कमी, गरिबी र अभाव मात्रै बालश्रमको जड कारण होइन । बालश्रम युद्ध र राजनीतिक विषयको रूपमा पनि रहेको छ ।

अधिकारकर्मी मनीराम आचार्यले नेपालमा बालश्रमको अवस्थाको बारेमा चर्चा गर्दै यहाँ बालश्रम सामाजिक रूपमा स्वीकार गरिएको विषय भएको बताए । उनले भने, समाजले नै यहाँ बालश्रमलाई स्वीकार गरेको छ । त्यसैले यसको रोकथामका लागि सोही अनुसारको नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनु आवश्यक छ ।

उक्त अवसरमा आफ्नो धारणा राख्दै ट्रेड युनियनकर्मी स्मृति लामाले मर्यादित श्रममा वयस्क श्रमिकहरूको सहभागिता नहुँदा बालश्रम बढ्दो क्रममा रहेको बताउँदै बालश्रम रोक्न श्रोत मै काम गर्नु पर्ने बताइन । उनले भनिन्, बालश्रम गरिबीले मात्रै सिर्जित समस्या नभएर यसमा अन्य कारणहरू पनि रहेका छन् । त्यसको पहिचान गरेर काम गर्नु पर्ने आवश्यकता छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x