मङ्लबार, चैत्र ४, २०८१
Tuesday, March 18, 2025

जाजरकोटमा पहिरोमा परी ३ जनाको मृत्यु

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका ३ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियार छन् ।

उनीहरू भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेको नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए। इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताए। घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै  छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x