त्यहाँ विद्रोह हुन्छ जहाँ अत्याचार हुन्छ – सुरेशकुमार पाण्डे

गजल
त्यहाँ विद्रोह हुन्छ जहाँ अत्याचार हुन्छ,
निर्दोश माथि दमनकारी व्यबहार हुन्छ।
ठुला-ठुला तानाशाह कहलियका लाई नै,
भुँइमा पच्छार्न जनताहरू त्यैयार हुन्छ।
भन जनताले अन्याय कहिले सम्म सहने,
ज्युँन पाउँने सबैको हक अधिकार हुन्छ।
हुन्छन् केहि मानिस पनि पसुतुल्य बनेका,
त्यसैले त हाम्रो समाजमा सधै दरार हुन्छ।
किन राख्खिन्छ आरक्षण बिवाद त्यसैमा,
त्यो उस्ले पाउँछ जो उस्को बफादार हुन्छ।
मानिसभित्र पद प्रतिष्ठाको मह भएपछि नै,
समाज देश टुक्क्रा पार्ने त्यो आधार हुन्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
०७-०८-२०२४
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE