सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

नेकपा माओवादीको छलफल पेरिस डाँडामा

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरूको कार्यविभाजन गर्न स्थायी कमिटी बैठक बसिरहेको छ।
बैठक बिहान साढे आठ बजेदेखि पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेको माओवादी केन्द्रले जानकारी दिएको छ।

आइतबार अपराह्न बसेको पदाधिकारीको अनौपचारिक बैठकले आजको लागि स्थायी समिति बैठक तय गरेको थियो।
पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार आइतबारपार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका थिए।

हालै विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्षनेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल भैरहेको छ ।

तराई–मधेस अभियान, उत्तर–दक्षिण अभियान सञ्चालन गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि आवश्यक तयारी गरिरहेको प्रवक्ता सापकोटाले बताएका छन् । माओवादीले आगामी चैत १ गतेदेखि तराई–मधेसमा अभियान सञ्चालन गर्ने तयारी गरेको छ।
सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने, अनुचित लेनदेन (मिटरब्याज) पीडित र सहकारीका समस्या सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित छ। समसामयिक राजनीतिक विषयमा पनि सत्ता साझेदार दलसँगको छलफलका आधारमा निर्णय गरिने उनले बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x