देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ – स्वास्थमन्त्री

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।
वीर अस्पतालको १३५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको, सबैको सहकार्यमा अघि बढिने बताएका हुन् । उनले स्वास्थ्य संस्थाको विकासका लागि आफूले निर्देशन दिने नभई सहकार्य गर्न खोजेको जिकिर गरे ।
स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी सिर्जना गर्ने र राज्यको स्रोतले भ्याएसम्म सेवा सुविधा विस्तार गर्ने उनको भनाइ छ । उनले मन्त्री, कर्मचारी वा बिभिन्न पदमा पुगेकाहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने भन्दै जनताका विषयमा कुनै सम्झौता गर्न नहुने। वीर अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि जोड दिएका छ्न।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE