राष्ट्रियसभा चुनावमा एमाले गण्डकी प्रदेशको उम्मेदवारहरुको केही समयमा मनोनयन दर्ता क कसले गर्दैछन् उम्मेदवारी दर्ता


राष्ट्रियसभा चुनावमा एमाले गण्डकीमा स्थानीय तहका ६९ र प्रदेशका २२ सांसद रहेका एमालेले गण्डकीका तीनै सीटमा उम्मेदवार छानेको छ ।
महिला क्लष्टरतर्फ गोरखाकी सम्झना देवकोटा, अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचनलाई उम्मेदवार बनाइएको हो । उनीहरुले केहीबेरमा मनोनयन दर्ता गर्दैछन् ।
उम्मेदवार छान्दा पनि पराजित ब्यक्तिलाई छानिएको छ । महिला क्लष्टरमा टिकट पाएकी देवकोटा गोरखा नगरपालिकाको मेयरमा पराजित व्यक्ति हुन् । उनी उक्त चुनावमा तेस्रो बनेकी थिइन् ।
हेमन्त व्यवसायी हुन् । उनी राजनीतिमा भन्दा व्यवसायमै ब्यस्त छन् । पराजुली यसअघि पनि लाभको पदमा पुगेका थिए ।
एमाले स्याङ्जाका पूर्वअध्यक्ष समेत रहेका उनलाई पार्टी सचिव पद्मा अर्याल निकट मानिन्छ । पद्माले नै उनलाई राष्ट्रिय सहकारी बोर्डको सदस्य सचिव नियुक्त गरेकी थिइन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE
शुभकामना