मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्द

  • 1.4K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.4K
    Shares

चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ ।

महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै टेन्डर रद्द गरेको जनाएको हो । उपनिर्देशक जगन्नाथ अर्यालले बिहीबार (भोलि) नयाँ टेन्डर आह्वान गरिने बताए । उनका अनुसार महानगरले तोकेको मापदण्ड अनुसारको प्राविधिक प्रस्ताव नपाइएकोले आर्थिक प्रस्ताव खोल्नु अगाडि नै टेन्डर रद्द गरिएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयसमेतको सल्लाहमा टेन्डर रद्द गरेर नयाँ टेन्डर निकाल्न लागिएको हो । महागनरले पुनः ३० दिनको म्याद राखेर टेन्डर निकाल्ने तयारी गरेको छ । चालु आर्थिक वर्षभित्रै सम्झौता गर्न मिल्ने गरी टेन्डर निकाल्ने तयारी गरिएको उपनिर्देशक अर्यालले जानकारी दिए ।

महानगरले यसअघि १ अर्ब १० करोडको ठेक्का आह्वान गरेको थियो । महानगरले यसअघि ५७ करोडभन्दा बढीको टर्न ओभर भएको र रंगशालासम्बन्धी काम गरेको हुनुपर्ने मापदण्डमा बनाएको थियो ।

एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन् । रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय गत माघ २३ गते गरेको थियो । संघीय मन्त्रिपरिषद्को गत कार्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजना भित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरु मिलेर पूरा गर्ने निर्णय गरेको थियो ।

धुर्मस सुन्तली फाउन्डेसनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x