शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

दस लाख पचाउन डा.बगालेले खनाल फसाउन खोजे

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

जेठ ४,काठमाडौ। कन्सल्ट्यान्सी व्यापारी डा.मोजराज बगालेले समाजिक अभियनता राजेन्द्र खनाललाइ फसाउने षड्यन्त्र गरेको बताइएको छ।
भ्रस्टाचार बिरुद्दको राष्ट्रिय महाअभियान अध्यक्ष समेत रहेका खनालले आज काठमाडौ संवादडबलिमा पत्रकार सम्मेलन गर्दै डा.बगालेले सुनियोजितरुपमा आफुमाथी षड्यन्त्र गरेको बताएका हुन् ।
पीडित राजेन्द्र खनालले हस्ताक्षर गरि जारी गरेको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ ‘ म राजेन्द्र खनाल,वर्ष ४३,काठमाडौ नागार्जुन ८ स्थाइ निवासि विरुद्धको राष्ट्रिय महाअभियानको अध्यक्ष साथै सामाजिक अभियनता हु।
तर,केहिदिन अगाडिदेखि डा.मोजराज बगाले नाम गरेको कन्सल्टटेन्सी व्यवसायी र मेरो पुर्ब मित्र पनि रहेको व्यक्तिले मेरो विरुद्धमा मानहानी हुने गरि मिडियाबाजी गर्दै हिडिरहेकोले मेरो गम्भीर ध्यानाकर्षण भइ म लगत्तै कानुनी कारबाहीमा जाने उदघोष गर्दै उसको कुरामा कुनै सत्यता नरहेको पनि यो विज्ञपति मार्फत जानकारी गराउदछु।म जहिले पनि सदैव सामाजिक अभियनता र सत्य बोल्ने व्यक्ति भएकोले घटनाको यथार्थ पनि प्रस्तुत गर्दछु।
यहि वैशाख २८ गते वित्तिय पिडितहरुको समर्थन अभियान र दिदी बिमारी समेत भएकोले भेट्न चितवन जान लागेको थिए।त्यत्तिकैमा पुर्व मित्र बगालेले मेरो सितापाइला बासस्थानमा गाडी लिइ आइ पोखरा हुँदै चितवन जावौ भनी जबर्जस्ति गर्यो ।त्यसपछी उसको गाडिमा दुवैजना पोखरा गैयो।पोखरामा उसको काम सकियो,ढिलो भयो,म चितवन जान पनि सकिन।अनि उसैले दमौलिको दुना टपरी होटेलमा ल्यायो,रुम बुक गर्यो।त्यसपछि उसैले रक्सी मगायो,नखावौ नखावौ,भन्दा पनि थाकियो केही हुन्न भन्दै मगायो ,खाइयो।अब खाने क्रममा व्यवहारिक कुरा पनि आयो।केही समय अगाडि उसले मेरो अर्को साथी पुर्व प्रहरी इन्सपेक्टर जलु गुरुङको बैनि सुसिला गुरुङलाइ सम्झौता पत्र अनुसार ग्रीनकार्ड सहित ४०लाखमा अमेरिका पुर्याइदिन्छु भनि चेक मार्फत १०लाख पेश्की समेत लिएको थियो। जसको माध्यम र जमानी जत्तिकै म थिए।अब कुराकै सिलसिलामा मैले त्यो १०लाखको प्रमाण त दिनुहोस् मात्रै के भनेको थिए,बगालेले मलाइ एक्कासि अदालत मार्फत आइज भन्दै टेवल ठोक्यो।म सालिन अनि झै झगडा गर्न नजान्ने व्यक्ती ,चुपचाप बसे।तर भनाभन चै भको नै हो।त्यत्तिकै एउटै रुममा सुतियो।
जब,बिहान भएछ,मेरो सिरक खोल्ने व्यक्ति प्रहरि थिए।म झस्किदै किन ?के भो?भन्दा तपाइले उहालाइ मार्न खोज्नु भयो रे,पाच लाख फिरौती माग्नु भयो रे भन्दै कल आयो चौकी जाऔ भन्यो।त्यसपछी मैले कल मार्फत इन्सपेक्टर साथी गुरुङलाइ कल गरे ,स्थिति बुझ्नलाइ जाउ भनेपछी म चौकी गए।तर,बगाले भागे।मलाइ बिना प्रमाण ,बिना निवेदन ,बिना उजुरी प्रहरीले चौकिमा २ दिन राख्यो।त्यसैविच मित्र इन्सपेक्टर गुरुङले पत्रकार प्रतिमा सैजु पठाएर बुझेर म छुटे काठमाडौ आए।
अब ,बगालेकै गाडिमा ,बगालेकै पैसामा म गएको,मैले त्यो बैनिको १०लाखको प्रमाण दिनुहोस् भन्दा आफै अदालत मार्फत आउ भन्ने ,निहु खोज्ने अनि अहिले अनेक मिडियाबाजी गर्दै मेरो मानहानी गर्दै आइरहेकोले अझै यो देशमा सत्यता मरेको छैन।इमानदार र सत्यवादी पत्रकार ,प्रहरिहरु,समाजसेवीहरु पनि छन् र मैले निश्चित न्याय पाउने छु भन्ने आशा गर्दै ,अनुरोध गर्दै त्यस्ता फटाहालाइ खरबरदारी गर्न साथै काननको दायरामा ल्याउन सप्रमाण सहित पत्रकार सम्मेलन गर्दछु।’
पत्रकार सम्मेलनमा पीडित खनालको समर्थन गर्दै पुर्व इनिस्पेक्टर जलु गुरुङले ‘खनाल सरले भनेको सब सहि छ।उहाँको नै भरोसामा मेरि बैनिलाइ अमीरिका पठाउने आशामा दस लाख पेश्की दिएकी हु।र,त्यो पैसाको प्रमाण मागिदिन पनि भनेकी हु’भनिन् ।
यसैगरी,तेस्रो जन आन्दोलन राष्ट्रिय परिषद सदस्य खड्ग श्रेष्ठले ‘अहिले देशमा यस्ता बगाले जस्ता अन्तर्राष्ट्रिय ठगहरु भिआइपीकै संरक्षणमा परिचालित रहेको छ।यस्ता धमिराहरुको अन्त्य गर्नलाइ नै तेस्रो जनआन्दोलन हुन जरुरी छ’भने।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x