मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

देशलाई अधिनायकवादतर्फ लैजाने कोसिस भइरहेको छ -प्रचण्ड

  • 2.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.5K
    Shares

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राष्ट्रवादी र देशभक्तहरूलाई एकै झन्डामुनि ल्याउने प्रयास भइरहेको बताउँदै उनले सच्चा कम्युनिस्टहरू त्यसमा पछाडि हट्न नहुने बताए । कम्युनिस्ट आन्दोलनबाट नै संघीयता र गणतन्त्रलाई कमजोर पार्ने प्रयास भइरहेको बताएका छन् । कांग्रेस र एमालेले संविधान संशोधनबाट नागरिकका अधिकार कटौती गर्न खोजे सडक आन्दोलन गर्ने चेतावनी पनि दिएका छन।

कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा दुई दलले संविधान संशोधन गर्छु भन्नु शंकाको विषय भएको बतए।

आफु संविधान संशोधन हुनुहुन्न भन्ने पक्षमा नरहेको बरु संविधान संशोधनबाट आदिवासी जनजाति, महिला दलित आदि उत्पीडित समुदायको थप अधिकार ग्यारेन्टी हुनुपर्ने बताए ।

प्रचण्डले बिचौलियाको सेटिङ भत्काउन खोज्दा आफू सरकारबाट बाहिरिनुपरेको पनि टिप्पणी गरे ।

उनले भने विभिन्न बिचौलियाको सेटिङ भत्काउन गरेको प्रयासकै परिणाम आजको राजनीतिक परिस्थिति यस्तो भएको हो’, संविधानलाई कुल्चिन चाहने, संसद्लाई अवैधानिक ढङ्गले विघटन गर्न चाहने प्रवृत्तिसँग पनि संघर्ष गरेको बताउँदै उनले संसद्को पहिलो र दोस्रो ठुलो दल मिल्नु स्वाभाविक मानिँदैन लोकतन्त्रमा त झन् मानिँदैन तर त्यो अभ्यास गर्न खोजिएको टिप्पणी गरे ।

दुई दलीय सिस्टममा लैजाने उद्देश्यका साथ संविधान संशोधनलाई अगाडि बढाउन यी दुई ठुला दल मिलेको दाबी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘संविधान संशोधन गर्नु नै हुँदैन भन्ने होइन । महिला तथा अन्य उत्पीडित समुदायलाई अधिकार अझै पुगेको छैन, त्यसको अधिकारलाई बढोत्तरी गर्नुपर्छ भनी नोट अफ डिसेन्ट लेख्ने पार्टीको नाताले हामी संविधान संशोधनको पक्षमा छौँ ।

संविधान संशोधनको विरोधी आफूहरू नरहेको बताउँदै उनले संविधान सभाबाट बनेको संविधानले नेपालको सार्वभौमिकता, राष्ट्रियतालाई बाहेक अन्य सबै विषयलाई संशोधन गर्न मिल्ने व्यवस्था रहेको र अझै प्रगतिशील संविधान बनाउन यसलाई संशोधन गर्न सकिने बताए । ‘तर कसैको स्वार्थ सिद्ध गर्न यो संशोधन हुँदैन,’ उनले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x