शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

मानसिक स्वास्थ्यका लागि शाकाहारी खानेकुरा उत्तम

  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

सात्विक खानाले शरीरलाई शुध्द राख्छ भने मनलाई शान्ति दिन्छ।  फलफूल तथा सागसब्जी त्यस्तो खानामा पर्ने गर्छन्। त्यस्तै राजर्षी खाना भन्नाले शरीर र मस्तिष्कलाई क्रियाशील बनाउने खाना भन्ने बुझिन्छ। यस्ता खानाको अत्याधिक सेवनले शरीरलाई उत्तेजना प्रदान गर्छ। जस्तै मसालादार खाना,चिया कफीको बढी मात्रामा प्रयोगले शरीरलाई नकारात्मक असर प्रदान गर्न सक्छ। त्यसैले राजर्षी खाना खानाको अत्याधिक प्रयोग गर्दो त्यसले शरीरलाई नकारात्मक असर गर्ने गर्छ। ताम्सिक खाना जसले मस्तिष्क तथा मनलाई नकारात्मक असर गर्ने खानालाई ताम्सिक खाना भनिन्छ। यसअन्तर्गत बासी धेरै तताएर खाएको खाना , धेरै चिल्लो, धेरै गुलियो,मांशहारी खानेकुरा लगायतका खानेकुराहरु ताम्सिक खानेकुरामा पर्छ। यी तथ्यहरु वैज्ञानिक रुपमा प्रमाणित छन्।

 

शाकाहारी खानेकुराले शरीरलाई कसरी सहयोग गरिरहेको हुन्छ

ताजा सागसब्जी, फलफूल तथा हरियो सागसब्जीमा एन्टिअक्सिडेटको मात्रा बढी रहेको हुन्छ। जुन मांशाहारी खानेकुराबाट पाउन सकिदैंन। यो मुटु रोग क्यान्सर जस्ता रोग उत्पादन गर्ने रासायनिक तत्वहरुलाई एन्टिअक्सिडेटले नष्ट गर्ने काम गर्छ। शाकाहारी खानेकुरामा फाइटोकेमिकल्सको मात्रा धेरै रहेको हुन्छ। यसले पनि विभिन्न प्रकारका प्राणघातक रोगहरुको जोखिमलाई घटाउने गर्छ। शाकाहारी खानेकुरामा बढी मात्रामा पाइने फाइबरले कोलेस्ट्रोरेलको शोषणको मात्रामा घटाउने गर्छ। जसले आन्द्रा सम्बन्धि धेरै रोगहरुलाई फाइदा हुने गर्छ।

  • शाकाहारी खाना खाने व्यक्तिमा आँखासम्बन्धी समस्या कम हुने गर्छ। 
  • श्वाप्रश्वासको समस्यामा कमी ।
  • शाकाहारी खानेकुराको सेवन गर्ने मानिसहरुमा श्वास प्रश्वासको समस्या कम मात्रामा आउने गर्छ। 
  • फुड एलर्जीमा कमी हु ।
  • माशांहारी खाने खाने मानिसहरुलाई भन्दा शाकाहारी खानेहरुलाई फुड एलर्जी कम हुने अध्ययनले देखाएको छ। 
  • शाकाहारी खानाको सेवन गर्ने मानिसहरुमा माशांहारी खाना खानेहरुमा भन्दा सास गन्ह्याउने समस्या कम हुने अध्ययनले देखाएको छ। 
  • मुटु तथा क्यान्सर रोगको जोखिम कम ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x