राष्ट्रिय सभा अध्यक्षमा शर्मा र दाहाल बिच प्रतिस्पर्धा


राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनका लागि राष्ट्रिय सभा बैठक सुरू भएको छ।
मंगलबार बिहान ११:१५ बजेदेखि बैठक सुरू भएको हो।
राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल उम्मेदवार छन्। यस्तै नेपाली कांग्रेसको तर्फबाट युवराज शर्मा उम्मेदवार छन्।
उनीहरूबीच प्रतिस्पर्धा हुँदैछ। दाहाललाई माओवादी, एमाले, जसपा र एकीकृत समाजवादीले साथ छ। शर्मालाई लोसपाले पनि साथ दिएको छ।
राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी सबैभन्दा ठूलो पार्टी छ। एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन्।
यस्तै कांग्रेसका १६ र लोसपाका १ जना सांसद रहेका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE