सांसद ढकालको प्रश्न कृषि मन्त्रीलाई किसानले पशु चौपाय सिँहदरबार हाल्नु पर्ने हो
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकारका कृषि मन्त्री निन्द्रामा रहेको भन्दै उनलाई ब्युँझाउन किसानका पशु चौपाया सिंहदरबारमा हुल्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले कृषि मन्त्रीले किसानका लागि कुनै काम नगरेको आरोप लगाएका छन् ।
उनले भने– ‘प्रणय बन्धनका प्रेमिलभन्दा पनि बढी यो गठबन्धन सरकारका कृषि मन्त्री बेदुराम भुसाललाई म प्रश्न गर्न चाहन्छु । तपाई कृषि मन्त्री भएपश्चात् मनलाग्दी नियुक्ति बाहेक तपाईँले गरेको एउटा काम के हो कृषि क्षेत्रको लागि के हो एउटा काम भनिदिनुस् । दूध किसानको हालत उस्तै छ, मिल्क होलिडे सुरु भएको छ, भुक्तानी पाएका छैनन्, अब यो सरकार र कृषि मन्त्रीलाई ब्युँझाउनलाई किसानहरूले पालेका पशु चौपाया ल्याएर सिंहदरबार हुल्दिने हो कि बालुवाटार हुल्दिने हो ? नत्र सरकार ब्युँझिँदैन ।’
उनले किसानले साङ्केतिक रूपमा दूध पोखेर आन्दोलनको तयारी गरेको बताएका छन् । सरकारले समस्या नसुन्ने हो भने किसानले गोठबाट पालेका पशु चौपाया सिंहदरबार र बालुवाटार लगेर हुलिदिने र त्यसका लागि सरकारलाई तयार समेत रहन उनले आग्रह गरे ।
WRITE COMMENTS FOR THIS ARTICLE