चापाकोट महोत्सव आजदेखि समुद्घाटन मन्त्री गुरुङ द्वारा
स्याङ्जाको चापाकोट नगरपालिकामा आजदेखि दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेलाको तयारी पूरा भएको छ । महोत्सवको समुदघाटन संघीय सरकारका कानुन न्याय तथा संसदिय मामिला मन्त्री धनराज गुरुङले गर्नेछन् ।
चापाकोट उद्योग वाणिज्य संघका सोमबार बसेको बैठकले “दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेलाको उद्दघाटन स्याङ्जा क्षेत्र २ का संघीय सांसद एवं मन्त्री गुरुङ्ले गर्ने निर्णय गरेको हो ।
“हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मुल नाराका साथ फागुन ३ देखि १३ गतेसम्म चापाकोट ९ स्थित गंगालाल माविको खेलमैदानमा हुने भएको संघका अध्यक्ष निर्मल रानाले जानकारी दिए ।
महोत्सव भव्य र सफल बनाउनका लागि ३९ वटा उपसमिति गठन गरेर धमाधम काम भइरहेको अध्यक्ष रानाको भनाई छ ।
मेलामा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, रत्यौली , भजन , नृत्य र ल्लास्तरीय भलिवल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने भएको छ ।
गाउँमा उत्पादित मौलिक एवं कृषिजन्य वस्तुहरुको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरु राखिने आयोजकले बताएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE