मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

चितवनमा कन्टेनरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

चितवनमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा मोटसाइकल चालकको मृत्यु भएको छ। रत्ननगर नगरपालिका-३ शान्तिचोकमा आज बिहान २:१० बजेको समयमा वीरगन्जबाट कुखुराको दाना लिएर भरतपुर तर्फ आईरहेको ना८ख २८१८ नम्बरको कन्टेनर र विपरित दिशाबाट गई रहेको बागमती प्रदेश ०६-००३प ४८५१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्क्दिा मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा रत्ननगर नगपालिकाका-१५ का ३४ वर्षीय जीवन मग्राती रहेको चितवन प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परी गम्भीर घाईते भएका मग्रातीको बकुलर अस्पताल टांडीमा उपचारको क्रममा २:४२ बजेको समयमा मृत्यु भएको हो। कन्टेनर र चालक प्रहरी नियन्त्रणमा छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x