भौतिक मन्त्री ज्वालालाई कारबाही माग गर्दै एमाले ले संसद विरोध गर्ने


नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री ज्वालालाई कारबाहीको माग गर्दै विरोध गर्ने भएको छ ।
एमाले सचेतक महेश बर्तौलाले बिहीबार ११ बजे बस्ने प्रतिनिधि सभा बैठकको सुरुमै बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीलाई कारबाही नगरेको विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउने बताए । उनले भने, ‘हामी बैठकको सुरुमै यसबारेमा सरकारको ध्यानाकर्षण गराउँछौँ । विरोध गर्छौ त्यसका लागि समय माग गरिसकेका छौँ । हाम्रो ध्यानाकर्षणलाई सरकारले कसरी लिन्छ त्यसमै बैठक अघि बढ्ने नबढ्ने भर पर्छ ।’
फागुन ६ गतेको बैठकमा एमालेले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएपनि कारबाही नगरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन बुझ्न बाँकी रहेको र प्रतिवेदन बुझेपछि आवश्यक निर्णय गर्ने आश्वासन दिए । बालकुमारी घटनामा २ जनाको मृत्यु हुनुका साथै मन्त्री ज्वाला चढेको गाडी आगजनी भएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE