बुधबार, चैत्र १९, २०८१
Wednesday, April 2, 2025

थारु समुदायले मनाउने माघी पर्व टुँडिखेलमा

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

थारु समुदायको नयाँ वर्षका रूपमा मनाउने माघीको अवसरमा काठमाडौँको टुँडिखेल मैदानमा माघी महोत्सव लाग्ने भएको छ । पुस २९ र माघ १ गते मेला लाग्ने भएको छ । महोत्सवमा स्टल राख्नका लागि बुकिङ पनि खुल्ला गरिसकेको छ ।
पुस २९ गते जितामर्ना, रक्तदान कार्यक्रम हुने स्टल संयोजक चन्द्र प्रकाश चौधरीले बताए । स्टल बुकिङ यही पुस २७ गतेसम्म गरिने भएको छ । हालसम्म ४० वटा बुक भइसकेको उनले जनाए । मेलमा ६० वटा थारु खानाका परिकारका स्टल ६० वटा रहने छ  भने, अन्य स्टल गरी ८० वटा स्टल सो मेलामा राखिने बताए ।
थारु कल्याणकारीणी सभा, थारु विद्यार्थी समाज लगायत विभिन्न थारु संघ संस्थाको संयुक्त आयोजनामा सो महोत्सव सञ्चालन हुन लागेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x