तीनकुनेमा विद्युत् पोलमा आगलागी
काठमाडौँको तीनकुनेमा विद्युत् को पोलमा आगलागी भएको छ । आफैँ लागेको आगो सुरक्षाकर्मीले दमकल र ग्याँसको प्रयोग गरेर नियन्त्रणमा लिएका छन् ।
विद्युत् सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । आगलागीबाट बिजुलीको पोलमा बाँधिएका तारहरू जलेका छन् । प्रहरी वृत्त बानेश्वरका डिएसपी शिवराज बुढाथोकीका अनुसार दमकल र ग्याँस प्रयोग गरेर आगलागी नियन्त्रणमा लिइएको बताए ।
WRITE COMMENTS FOR THIS ARTICLE