सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज


राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजका लागि पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौंमा दायर उक्त मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।
यसअघि गत २४ मंसिरमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए । सरकारका तर्फबाट पेस भएको एसइईको सर्टिफिकेट, नागरिकता र जन्मदर्ता प्रमाणपत्रमा जोहेरीवाला किशोरीको जन्ममिति २०६२ जेठ १८ गते उल्लेख रहेको छ । सन्दीपतर्फका कानुन व्यवसायीले पेस गरेको कागजातमा भने गौशाला २६ को जन्ममिति २०६१ असार १८ गते रहेको उल्लेख गरिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE