आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

गणतन्त्रले सोह्रौ वर्षमा टेक्यो – सुरेशकुमार पाण्डे

  • 25
  •  
  •  
  •  
  •  
  •  
  •  
    25
    Shares

 

जेष्ठ १५गते नेपाली इतिहाशमा आएको पहिलो गणतन्त्रले पन्द्र वर्ष पुगेर सोह्र वर्षमा पाइला टेकेको छ।यतिलामो समयसम्म देशको दुर्त गतिमा बिकास भएको भए आज देश आत्मनिर्भर हुँने थियो।
साडे छ दशक लामो बलिदानी पूर्ण शङ्घर्ष पछि देशमा पहिलो पटक गणतन्त्र आयो।देशका जनताहरू खुसि भयौं, शहीदका आँमा बा र श्रीमतिलगायत आफन्तीहरूले आफ्नो शन्तान त्यागेपनि देश र जनताको अब हित हुनेछ भनेर हृदय बिदारक पिढालाई पनि छातिमा दाबेकाथिए।तर त्यो गणतन्त्र त्यतीवेला एक्लै आएको थिएन।उसले बिदेशीको इसारामा चोर ढोकाबाट सङ्घियता समेत लिएर आएको थियो।त्यसकारणले देशभक्तहरूको मनमा कता कता चिसो पसेकोथियो।
एउटै देशका जनता जसले गणतन्त्रको लागी सबैकुरा भुलेर एकमना एकता बनाए आन्दोलित भए।सबैको मिलन केन्द्र सम्बिधान सभा बन्यो।उनिहरूलाई कसरी लडाउँने?अखण्ड देशलाई कसोगरी बिखण्डित गर्ने अनि देशलाई कसरी नाङ्गेझार पार्ने?यो बिषयमा बिदेशीहरू चिन्तित थिए त्यसैको परिणाम थियो सङ्घियता।
गणतन्त्र सँङ्ग सङ्घियत आउँनु नै नेपाल र नेपाली जनताको लागी अभिसाप भयो।सम्विधान सभालाई बिचैमा तुहाउँने र अफ्सान गर्नेप्रयात भयो। तर देशका जनताहरूको दवाबलेगर्दा दोस्रो सम्बिधान सभाको निर्वाचनले सम्विधान निरमाण त गय्रो।सम्विधान भन्नेकुरा आफैमा पूर्णतय हुँदैन।थुप्रैकुराहरू समेट्न सकिएको थिएन,सङ्घियता लगायतका केही बुँदाहरू अनाबस्याक आइलागेकाथिए।ति सबै बिषय बस्तुलाई हामिले वेला वेलामा मैत्रिपूर्ण छलफल गरेर अनावस्याक बुँदाहरूलाई परिमार्जित गर्न सकिन्थ्यो।तर कसैले सम्विधान जलाउँनथाले,कसैले शसस्त्र आन्दोलनका धम्किदिन थाले।देशमा अराजकता फैलिंदै गयो।
नेकपा मसालले सुरू देखिनै सङ्घियता भौगौलिक,आर्थिक रूपमा जनता र देशको लागी नै ठिकछैन् भन्दै लगातार जनताको माझमा शान्तिपूर्वक रूपबाट आन्दोलन गर्दै आएको छ।
देशलाई सङ्घिय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको लामू समय पछि विस.२०७२ले राष्ट्रपतिलाई राष्ट्रिय अध्यक्ष र सम्विधानको संरक्षक र अभिभावकको रूपमा स्थापित गर्यो।तर कतिपय अबस्थामा राष्टपतीको भूमिका पनि भेदभावपूर्ण रहेको बिगतको तितो इतिहाश छ।सम्विधानको दुर्पयोग गरेर कयौं ठुला पदमा पुगेका एमाले,कांग्रेस र एमाओवादी जस्ता पार्टिका नेताहरूले देशको गणतान्त्रिक गरिमालाई धुमिल बनाएकाछन्।बिगत देखि देशको बिकासमा होइन बिदेशीको चाक्रि गरेर सरकारमा बस्ने दाउँपेच मात्र उनिहरूको रह्यो।
आज १५ वर्षको यतिलामू समय गणतन्त्रिक नेपालको छ तर देश अहिलेपनि परनिरभर, रिणि र रोजगार बिहिन छ।कहिले सरकारले पाइपलाईन बिच्छाएर घरघरै ग्यास,पानीजहाज, देशभित्र रेल दौडाउँने गफ लगाएर जनतालाई उल्लु बनाउँन कसर त छाडेनन् । तर देशमा एक वर्षमा एउटा ठुलो अस्पत्ताल बनाएको भएपनि जनतालाई केही राहत मिल्नेथियो।नेताहरू बिदेश गएर लाखौं करणौ खर्चगरेर उपचार गराउँछन्।देशका जनताहरूको बिचल्लि छ।स्वास्थय,शिक्षा र आर्थिक अबस्था डामाडोलनै छ।
यतायात अहिलेपनि व्यवस्थित छैन्।नजिकरणले आम जनजिवन त्रहित्रही छ।देशमा भएका केही मिल्स.कारखानाहरू या त बन्दछन् या निजि हातमा दिएर कमिसन खानेकाम भएकोछ।अहिले त यही गणतन्त्र नै धरापमा परेको अवस्था छ। वेसक ठुला दलहरूले ठुला-ठुला गफलगाएर देशका जनतालाई उल्लु बनाउलन तर देशको अर्थ व्यबस्था अहिलेपनि छर्लङ्गै छ।संसारमा नेपालीहरूको अबस्था र देशको माली हालत कसैबाट पनि लुकेको छैन्।हिंजो बिदेशी भुमिमा बसेर तन मन धनले सहयोग गरेका गणतततन्त्रबादीहरू आज आफ्नै छोरा नातिहरूलाई बिदेश पठाउँन मेनपावरको दफ्तरको चक्र काट्नुपर्दाको पिडा असहनिय छ।
सरकारले न त बिदेशी अतिक्रमणलाई रोक्न सक्यो।न देशभित्र कुनै रोजगारको व्यबस्था गर्न सक्यो,न महंगी भ्रष्टाचार,बलात्कार र जघन्य अप्रादहरूलाई नियन्तरण गर्न सक्यो।बरू बहुदलिय गणन्त्रिक व्यबस्थामा झन भ्रष्टाचार तस्करहरूको वृद्धी भएकोछ। देशको रिण बढेको छ।अपराधीहरूले अनमुक्ती पाएकाछन्।शहीदको शन्तान देशभक्त रगणतान्त्रिक शक्तिहरूलाई झन पिढाबोथ भएको छ।किसानहरू ज्यामीहरू र ससाना दोकानदारहरूको अबस्था दयानिय छ।उनिहरू आ आफ्ना पेसाबाट पलायन भएकाछन्।विस्वको बजारमा पसिना बगाएर जिवन निर्वाह गर्न बाध्य भएकाछन्।
यसरी समग्रहमा गणतन्त्रबाट सत्ता पक्ष र विपक्षमा बसेका हात्थिपार्टिहरूका हात्थि नेताहरूले गणतन्त्रको फाइदा उठाएर सम्बिधान समेतको दुरपयोग गर्दै आएकाछन्।भने आम सर्वसाधारण नेपाली जनताहरूले आफुलाई ठगिएको महसुस् गरेका छन्।कुल मिलाएर भन्नुपर्दा गणतन्त्र देश र जनतालाई फाइदा भन्दा पनि नोक्सान भएको देखिन्छ।
२९-०५-२०२३

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x