आइतवार, चैत्र २३, २०८१
Sunday, April 6, 2025

लागुऔषधसहित २ जना पक्राउ

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

महोत्तरीको बर्दिबासमा आज प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने पुष्कर श्रेष्ठको छोरा २३ वर्षीय किसन श्रेष्ठ र मीनबहादुर वाइवाको छोरा २२ वर्षीय विकास वाइवा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

बागमती प्रदेश ०२–०२५ प ६४६७ नम्बरको एनएस पल्सर मोटरसाइकलमा चढी बर्दिबासबाट काठमाडौँतिर जाँदै गरेका उनीहरुलाई बर्दिबास–३ स्थित पाटुमा सवारी साधन चेकजाँच गर्दै गरेको नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।प्रहरीले मोटरसाइकलको पछाडि बसेका विकासले बोकेको कालो खैरो रङको कपडाको ब्याग (झोला) भित्र प्लास्टिकमा बेरिएर राखेको अवस्थामा नेपालमा प्रतिबन्धित लागुऔषध नाइट्रोभेट–१० लेखिएको ट्याब्लेट एक हजार चार सय ७३ पिस र कोरेक्स लेखिएको झोलपदार्थ ९सिरप०–१ बोतल बरामद गरेको हो ।

लागुऔषधसहित पक्राउ गरिएका दुवै युवकलाई आवश्य कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा ल्याई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x