कौशिक गोत्रीय रेग्मिहरुको बृहत् अन्तरकृया तथा उपत्यका बिशेससमिति पुनर्गठन कार्यक्रम

रातोनेपाल ,काठमाडौं
कौशिक गोत्रीय रेग्मी बन्धु समाज, उपत्यका विशेष समिति द्वारा समस्त रेग्मीहरुको एकता, सुख-दु:ख साटासाट इतिहास र वर्तमान सम्मको खोजिनीतिको पवित्र उद्देश्य राखि २०८० साल असोज ६ गतेका दिन काठमाडौं सामाखुशी मा रहेको स्काई पार्टि प्यालेसमा ठिक ११:०० बजे बृहत भेटघाट तथा अन्तरकृया कार्यक्रमको आयोजना हुने भएको छ ।
कार्यक्रमको सभापतित्व काठमाडौ उपत्यका विशेष समितिका अध्यक्ष श्री होरेश रेग्मीज्यूले गर्नुहुनेछ भने प्रमुख अतिथि कौशिक गोत्रीय रेग्मी बन्धु समाजका केन्द्रीय अध्यक्ष निल प्रसाद रेग्मीज्यूले गर्नुहुनेछ।
उक्त कार्यक्रममा आदरणीय बन्धुज्युहरुमा सुचना समेत गरिदिनुभई उपस्थिति हुनका लागि बाग्मति प्रदेश कार्य समितिका सम्पूर्ण पदाधिकारी ज्यूहरु, प्रदेश भित्रका आदरणीय जिल्ला अध्यक्ष तथा कार्यसमितिका बन्धुज्यूहरु तथा समस्त ‘कौशिक गोत्रीय रेग्मी बन्धुज्यूहरुमा हार्दिक अनुरोध गर्दछु भनि काठमाडौ उपत्यका विशेष समितिका कोषाध्यक्ष श्री हुमनाथ रेग्मी (कमल) ज्युले अनुरोध गर्नुभएको छ ।
देशभरी करिब २ लाख ५० हजारको सङ्ख्यामा रहेका रेग्मीहरु देशका ५४ जिल्लामा छरिएर रहेका छन् ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE
It is productive gathering