मङ्लबार, कार्तिक ६, २०८१
Tuesday, October 22, 2024

जसपाले पहिल्याएका पाँच मुख्य कार्यभार

  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको अहिलेका पाँचवटा मुख्य कार्यभार पहिल्याएको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य कार्यभार तय गरिएको हो । जसमा जसपाले वैचारिक राजनीतिक काम, सङ्गठनात्मक काम, प्रचारात्मक कामलाई अहिलेको मुख्य कार्यभारको रुपमा समेट्ने भएको छ ।

त्यस्तै पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकतलाई पनि मुख्य कार्यभारको रुपमा मस्यौदा समितिको बैठकबाट पारित गरिएको छ ।
यसैगरी सरकार, संसद र जनसङ्घर्षलाई पनि मुख्यकार्यभारमध्येको अर्को कार्यभार हुने गरी दस्ताबेजको मस्यौदा तयार गर्न लागिएको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ नेतृत्वको समितिले उक्त मस्यौदा तयार गर्ने जिम्मेवारी पाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x