मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

युवाहरुलाई प्रशिक्षण दिँदै जसपा

  • 58
  •  
  •  
  •  
  •  
  •  
  •  
    58
    Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालले युवालाई प्रशिक्षण दिने भएको छ । जनकपुरस्थित रमण टावरमा शनिबारदेखि तीनदिवसीय प्रशिक्षणको आयोजना गरी पार्टीनिकट युवालाई प्रशिक्षण दिन लागेको हो । जसपाले पार्टीको प्रदेशस्तरिय प्रशिक्षण सम्पन्न गरी भ्रातृसङ्गठनको प्रशिक्षण गर्न लागेको हो ।

समाजवादी युवा सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा हुन लागेको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु प्रशिक्षकको रुपमा रहने छन् ।
सङ्गठनका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारी तथा सदस्यहरु गरी करिब एक सय तीस जना प्रतिनिधि प्रशिक्षणमा सहभागी हुने छन् । प्रशिक्षण आज मध्यान्ह १२ बजेदेखि सुरु हुने छ । जसपाले यस अघि महिला सङ्गठनका पदाधिकारी तथा सदस्यलाई प्रशिक्षण दिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x