परदेशि भूमिमा दिन बिताए – सुरेशकुमार पाण्डे


यो रात आउँदै नआए तो झनै राम्रो,
घरको यादले नसताए तो झनै राम्रो।
परदेशि भूमिमा दिन बिताए त पनि,
रातिमा आँशु नबगाए तो झनै राम्रो।
पसिनाले भिजाउँछ तन दिन र राती,
अनिन्द्राले धेरै नगलाए तो झनै राम्रो।
शंघर्ष पनि कति हो कति सिमा छैन,
जीवनले छुट्कारा पाए तो झनै राम्रो।
कसैको भरमा बाँच्न नपरे हुँने हामि,
क्रान्तिको बाटो समाए तो झनै राम्रो।
अब त मनले मनलाई भुलाइदिए हुने
सम्झनाले यो मुटु नखाए तो झनै राम्रो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
०५-११-२०२४
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE