बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026

सावित्रा अधिकारी रेग्मी र दीपकराज रेग्मीको आर्थिक सहयोगमा ११ औं जाजरकोट जिल्ला स्तरीय भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम–२०८२ सम्पन्न

शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानद्वारा आयोजित ११ औं जाजरकोट जिल्ला स्तरीय भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम–२०८२ मंसिर २ देखि ४ गतेसम्म छेडागाड नगरपालिका–९, पजारुमा उत्साहपूर्ण र भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय स्तरमा खेलकुदको विकास, संस्कृतिको प्रवर्द्धन र सामाजिक एकतालाई सुदृढ बनाउने उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रमलाई छोरी ज्वाई सावित्रा अधिकारी रेग्मी र दीपकराज रेग्मीले प्रदान गरेको आर्थिक सहयोगले अझ प्रभावकारी बनाएको आयोजकले जनाएको छ।

 

समाजसेवी, शिक्षक, अगुवा तथा संगीत–साहित्यकार शारदा शाही र शेरबहादुर अधिकारीको स्मृतिमा आयोजना गरिएको सो कार्यक्रममा विभिन्न खेलकुद तथा सांस्कृतिक प्रस्तुतिहरू राखिएका थिए। तीन दिनसम्म चलेको प्रतियोगितामा १३ वटा टिमले सहभागिता जनाएका थिए। तीमध्ये उत्कृष्ट खेल प्रदर्शन गर्दै शिवालय गाउँपालिका विजेता बन्दै पहिलो स्थानमा रह्यो भने शिवशक्ति पिपल चौतारा उपविजेता बन्न सफल भयो। विजेता टोलीलाई रु. १,००,००० र उपविजेतालाई रु. ५०,००० नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

 

कार्यक्रमका प्रमुख अतिथि नेकपाका पोलिट ब्युरो सदस्य कृष्णबहादुर बिसीले खेलकुदले युवालाई अनुशासित, आत्मविश्वासी र राष्ट्र निर्माणमा सक्रिय बनाउने उल्लेख गर्दै शारदा शाही र शेर बहादुर अधिकारीको सामाजिक योगदानको उच्च स्मरण गर्नुभयो।

 

कार्यक्रमका क्रममा नगद पुरस्कार, प्रमाणपत्र तथा मेडल वितरण गर्नुका साथै विभिन्न नौ विधामा उत्कृष्ठ खेलाडीहरूलाई सम्मान गरिएको थियो। साथै, साहित्य र समाजसेवामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका गणेश बिष्ट र ओमराज बुढा मगरलाई श्रष्टा सम्मान अन्तर्गत कदरपत्र प्रदान गरिएको थियो।

 

सांस्कृतिक गतिविधि, खेलकुद प्रतियोगिता र सामुदायिक सहभागिताले भरिएको यो कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति आयोजकले आभार व्यक्त गर्दै आगामी वर्षमा कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाउने प्रतिबद्धता जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x