मिस नेपाल २०२६ को चर्चामा डा.ढकाल

रातो नेपाल: असार ३० काठमाडौ। डा.शितांशु ढकाल मिस नेपाल २०२६ को उत्कृष्ट २४ मा छनौट भए संगै चर्चामा रहेकी छिन् । अन्य प्रतिस्पर्धीहरु मध्य डा.ढकलमा मिस नेपालको उपाधी धान्ने व्यक्तित्व ,सदगुण भरिएको चौतर्फि चर्चा फैलिएको देखिन्छ।
पछिल्लो समय विभिन्न पेशामा आवद्ध भएकाहरु मिस नेपालमा सहभागी हुने क्रम बढेको छ । आफूहरुले गर्दै आएको कामलाई अझ फराकिलो टेवा पुग्ने भन्दै उनीहरु मिस नेपालमा प्रतिस्पर्धाका लागि इच्छुक देखिएका हुन् । यही क्रमलाई पछ्याउँदै चिकित्सक, युवा अभियन्ता तथा सामाजिक नेतृत्वकर्ता डा. शितांशु ढकाल पनि मिस नेपाल २०२६ को प्रतिस्पर्धामा होमिएकी थिइन्।
डा. ढकाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पीएएचएस)बाट एमबीबीएस अध्ययन पूरा गरेकी हुन् भने उनले यस वर्षको मिस नेपाल प्रतियोगितामा स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व गर्दै मिस नेपालको मञ्चमार्फत विशेषगरी महिलाको प्रजनन स्वास्थ्य र मानसिक स्वास्थ्यका विषयमा जनचेतना अभिवृद्धि गर्दै स्वास्थ्य सेवामा पहुँच र समानतालाई प्रवर्द्धन गर्ने लक्ष्य राखेर बहुचर्चा कमाएकी छिन् ।
डा. ढकाल चिकित्सा क्षेत्रसँगै युवा नेतृत्व र सामुदायिक विकासका क्षेत्रमा पनि सक्रिय रहँदै आएकी व्यक्ति हुन्।साथै, उनी युनिसेफ नेपालकी पूर्व युवा अभियन्ता पनि हुन्।त्यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा युवाको प्रतिनिधित्व गर्दै स्वास्थ्य शिक्षा, युवा सशक्तीकरण र सामाजिक परिवर्तनका क्षेत्रमा डा. ढकालले योगदान दिँदै आएकी छन्।
उनले रातोनेपालसंग कुराकानी गर्नेक्रममा ‘मलाइ सानैदेखी मिस नेपाल बन्ने इच्छा भएको,र वास्तवमा आफ्नो पुज्यनिय मातापितालाई पनि जानकारी नदिइ यस मिस नेपाल २०२६ को प्रतियोगितामा सहभागी भएको अनि उत्कृष्ट २४मा छनौट भएपछी मात्रै सरप्राइज दिएर खुशी साटेको छु’ बताइन्। साथै
डा. ढकालले कुराकानी कै क्रममा ‘मिस नेपाल सौन्दर्य प्रतियोगिता मात्र नभई सार्वजनिक स्वास्थ्यका महत्वपूर्ण विषय उठान गर्ने, सामाजिक सन्देश प्रवाह गर्ने र युवालाई उद्देश्य, करुणा तथा सेवाभावका साथ नेतृत्व गर्न प्रेरित गर्ने प्रभावकारी मञ्च हो’पनि भनीन्।
मिस नेपालको प्रतियोगिता अन्तर्गत सार्वजनिक मतका आधारमा उत्कृष्ट १३ मा सिधै प्रवेश गर्ने व्यवस्था रहेको छ। त्यसका लागि दर्शक तथा शुभेच्छुकले मिस नेपालको आधिकारिक मतदान प्रणालीमार्फत मतदान गर्नुपर्ने हुन्छ।
डा. ढकालले आफ्नो यस् यात्रामा साथ र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गर्दै मिस नेपालको मञ्चमार्फत महिला स्वास्थ्य र युवा सशक्तीकरणका पक्षमा आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE