बोडर – सुरेशकुमार पाण्डे

” हजुर जस्तो पढे लेखेको ब्यक्तिले यस्तै गर्छन् ?”- प्रहरीले डम्मरको सुर्केश कब्जामा लिंदै भन्यो।
” सर मबाट के गलति भयो ? के छर यसमा ? ” डम्मरले प्रहरीलाई आश्चार्य हुँदै सोध्यो । ” हजुरलाई थाहा छैन एक सय रूपियाँभन्दा बढिको सामान लिएर आउन पाइदैनभन्ने ? यो के हो ? यही एउटा धोती मात्र पनि दुइ हजार भन्दा कमको छैन्। अनि यी अंडर बियर अनि बन्डी यि सबै समानको भन्सार तिरेर जानुहोस्।”- उसले मसुल कक्षा देखाउँदै भन्यो।
” सर म औषधी उपचार गराउन गएको थिए त्यहाँबाट मेरी बुढी आमालाई एउटा धोती किनिदिए ,यी कच्छा बन्डि त मैले लगाउने हो।आफ्नो लगाउने लुगाको पनि भन्सार लाग्छ ?”-डम्मरले फेरी प्रश्न राखे।
” मसङ्ग बहस गर्नु भएन भित्र हाकिम साहब कहां जानु ।मैले लगाएको कपडाको कुरा गरेको छैन।” उसले कुराको बिट मार्दै भन्यो र आर्को तिर नजर घुमायो।
” सलाम छ है साहुजी !”- एकजनालाई दुई हात जोड्दै नजिकै गयो र भन्यो। भाका औंला सबैमा औंठी लगाएको घाँटीमा ठूलो सिख्री लगाएको।ऊ कारबाट झरेन हात हल्लाउँदै गुड्यो।
” ए भैया यहां आउ ! के हो यो ? – एउटा छिमेकी मुलुकबाट आएको बिहारीको रिडियो आफ्नो कब्जामा लिंदै भन्यो। “- यो रिडिओ हो सर पुरानो।” – उसले सफाइमा भन्यो।
” मलाई थाहा छैन पुरानो हो की नया जाउ भन्सारको रसिद लिएर आउ ।” प्रहरिले बिल कटाउने ठाउंतिर इसारा गर्दै भन्यो।
” सर यो पुरानो रिडियोको पनि भन्सार लाग्छ र ? त्यसो भय लिनु ।उसले रिडिओ भुइंमा पच्छार्यो र आफू हिंड्यो।
” वाह सरकार !”- यो दश्य हेरिरहेको डंम्मरे लामो स्वास लिंदै बिल काटने लाइनमा लाग्यो।
दाङ घोराही १८
२४-०४-२०२६( ११-०१-२०८३)
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE