बिहिबार, चैत्र १९, २०८२
Thursday, April 2, 2026

जेन्जी पुस्तालाई कसैले हतियार गराएछन्- सुरेशकुमार पाण्डे

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

गजल

जेन्जी पुस्तालाई कसैले हतियार गराएछन्,
बुझ्नैपर्छ यो सत्तामा पुग्ने आधार गराएछन्।

हेर जेल तोडे र फरार भएका कैदी अपराधी,
हिनामिना आगलगि र कैदी फरार गराएछन्।

फाइदा कसले उठायो आन्दोलनबाट जेन्जी,
साम्राज्यवादीलाई देशको हकदार गराएछन्।

निर्दलिय व्यवस्था भोगने बा बाजेलाई सोधौं,
जसले जन्माए र जेन्जीको औतार गराएछन्।

उनैको रगत पसिनाले सिंचेको बञ्जर भूमि,
ज जसले तिमिलाई समेत उपहार गराएछन्।

उनैका छोरा नाती दुश्मनको भाउतामा लागी,
देशभित्र आगोको भेट सिहं दरबार गराएछन्।

सुरेशकुमार पाण्डे दाङ घोराही १८
२१-०९-२०२५

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x