गोबिन्द के सी र तेज बिक्रम बुढाद्वारा भुकम्प पीडितलाई १ लाख सहयोग


रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १० घारिखोला घर भइ हाल काठमाडौंमा बस्नुहुने अरुको दु:खलाई आफ्नै दुख ठानेर सहयोग गर्दै आउनुभएका युवा समाजसेवी गोबिन्द के सि (पाइलट ) र आठबिसकोट ५ घर भै हाल दक्षिण कोरिया कर्मथलो बनाउनु भयका बारम्बार दुखी पिडितलाई सहयोग गर्दै आउनुभएको सहयोगी मन र कोमल हृदयको धनी तेज बिक्रम बुढाले रुकुम र जाजरकोट जिल्लामा बिनाशकारि भुकम्पमा परी घाइते भएका र घर भत्किदा औषधि लत्ताकपडा खाद्यान्न जस्ता अत्यावश्यकिय सामाग्रीको अभावमा रहेका मानिसको लागी उहाँहरुको तर्फबाट १ लाख ५०/५० हजार रुपैयाँ आठबिसकोट्कोराहत कोशमा जम्मा गरेका छ्न।
रुकुम (पश्चिम) र जाजरकोट लगायत आसपासका क्षेत्र महामारी भूकम्पले दु:खमा परेकोबेला मानवीय सेवा नै जिबनको सर्वोतम धर्म हो भन्ने उदाहरण दिएका छ्न। मानवीय संकटको यो क्षणमा आर्थिक सहयोग गर्दै समाज सेवा गर्न दुरिले फरक नपार्ने कुरा पुष्टि गरेका छ्न ।
मानवीय संकटको यो क्षणमा सहायताको लागी तपाइहरुले आफ्नो मेहनतको धनराशिबाट पुर्याउनु भएको योगदानको जतिसुकै प्रशंसा गरेपनी कमै हुन्छ । यो धरतिमा अर्बौं सम्पत्ति आर्जन गरेका मानिसहरू प्रशस्त हुन्छन तर अरुको दु:खमा आफू दुख्ने र अरुको भलाइका लागी दिल खोलेर अगाडि बढ्ने विशाल हृदय जो कोहिसँग हुँदैन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE