सोमवार, माघ ७, २०८१
Monday, January 20, 2025

संसदमा गृहमन्त्रीको खोजी

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेको खोजी गरेकी छन् ।

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले देशभर बाढी, पहिरो र डुबानमा परेर जनताहरू त्रासमा रहेको बेलामा गृहमन्त्री संसद् बैठकमा समेत नआएको भन्दै खोजी गरेकी हुन् । उनले देशभर विपद्को अवस्था कस्तो छ सो को बारेमा संसद् बैठकमा जानकारी गराउन माग गरेकी छन् ।

यस्तै नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले अस्थिरताको मूल कारण प्रधानमन्त्रीको कुर्सी मोह भएको बताएका छन् । उनले देश नबन्नुमा एकले अर्कोलाई दोषारोपण गरिने गरेको भन्दै विगत ३५ वर्षमा ज–जसले सरकारको नेतृत्व गरे उनीहरू सबै दोषी भएका उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x