शनिबार, फाल्गुन २३, २०८२
Saturday, March 7, 2026

संघीय गणतान्त्रिक गठबन्धन “बस छाप” सहित चुनावी मैदानमा

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares
काठमाडौं,  दलित, मुस्लिम, निषाद, थारु, मधेशी, आदिवासी जनजाति, महिला तथा अन्य उत्पीडित जनताको प्राकृतिक राजनीतिक एकताका रूपमा उभिएको संघीय गणतान्त्रिक गठबन्धनले आगामी निर्वाचनका लागि एकल चुनाव चिन्ह “बस छाप” लिएर निर्वाचन मैदानमा जाने निर्णय गरेको छ ।
गठबन्धनका तर्फबाट निर्वाचन आयोगमा औपचारिक रूपमा बस चुनाव चिन्हमा चुनावी मैदानमा होमिने गरी दल दर्ता गराइएको छ ।
गठबन्धनमा समावेश रहेका पूर्वगृह राज्यमन्त्री तथा संविधानसभा सदस्य मो. रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, हरिनन्दन अम्बेडकर नेतृत्वको बहुजन एकता पार्टी नेपाल तथा धुपलाल प्रसाद सहनी निषाद नेतृत्वको नेपाल जनजागृति पार्टी संयुक्त रूपमा देशभर कार्यान्वयन हुने साझा राजनीतिक संरचनामा आबद्ध भएका छन् ।
नेताहरूले गठबन्धनको मुख्य उद्देश्य नेपाली उत्पीडित जनताको राज्य सत्ताको स्थापना गर्दै, नेपाली जनताको समानताको चाहना सुशासन, देशमै रोजगारको व्यवस्था, सबै किसिमका विकृतिको अन्त्य र शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, देशका सर्वाधिक बहिष्कृत, उत्पीडित तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायको सशक्त प्रतिनिधित्व सुनिश्चित गर्दै राष्ट्रिय राजनीतिमा समावेशिता र परिवर्तनकारी भूमिका सुनिश्चित गर्नु रहेको बताएका छन् ।
उनका अनुसार, दल दर्तासँगै नेपाली राजनीतिको मूलधारमा बहुजन, मुस्लिम, दलित, आदिवासी, मधेसी निषाद समुदाय र श्रमजीवी वर्गको आवाजलाई संस्थागत रूपमा निर्वाचनमार्फत संसदसम्म पु¥याउने दृढ प्रतिबद्धता व्यक्त गरिएको छ ।
गठबन्धनले आगामी निर्वाचनदेखि देशभर संगठित अभियान सञ्चालन गर्दै जनतासामु वैकल्पिक, समावेशी र सामाजिक न्यायकेन्द्रित राजनीतिक मार्ग प्रस्तुत गर्ने जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x