शनिबार, फाल्गुन २३, २०८२
Saturday, March 7, 2026

चोर – सुरेशकुमार पाण्डे

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

निमे त इमान्दार थियो तर जादाजादै आफ्नो छबी खराब गर्यो ! “- मिलनले दिनेश तिर हेर्दै भन्यो।
” किन के गर्यो र निमेले त्यस्तो ?” दिनेशले सोध्यो।
” निमेले केही रकम समाजमा जम्मा गर्नुपर्ने गरेन छ।”-मिलनले निदार चाउरी पार्दै भन्यो।
” बस यार हाम्रो समाजमा पनि सधैँभरी यस्तै हुन्छ। प्वांख लाग्यो की भुरर । समाजको नाउमा स नजान्नेलाई जुटायो ,पढायो लेखायो शीक्षित बनायो अनि दाउँपेच सिक्यो की फरार हुन्छ।
अहिलेसम्म त कति हो कती यस्तो भएको कसैले खाइ नखाई जम्मा गर्छन् कसैले अरूको पसिनाको पोको पार्छन् र फरार हुन्छन्।”- दिनेशले मनको भडाक निकाल्यो।
” होइन संगठन ठुलो बनाउँदाबनाउँदै हामि खिल्टेर सिद्दीसक्यौँ तर संगठन ठुलो हुनुको सट्टा झन पछि झन् सुक्दै गएको यस्तै नेताहरूले गर्दा त होनी होइन र ? मिलनले दुःख प्रकट गर्दै भन्यो।
” सुन त मेरा कुरा ? ”
” भन्नोहोस् न दाई।” मिलनले अनुमती दियो।निमेसँग कती लिनुपर्नेछ संगठनले ?”- दिनेशले सोध्यो। “खासै छैन छन त फेरीपनि त्यत्तीको लागि वेइमानी गर्यो। पचास हजार जती रहेछ ।”-मिलनले खाता हेर्दै भन्यो।
” होइन त्यसको खातामा अढाई लाख लेख दुइ लाख हामी दुःख गर्ने बफादारहरूले पनि खानुपर्छ। “-दिनेशले मिलनलाई निर्देश गर्दै भन्यो।
दाङ घोराही १८
१२-१०-२०२५(२७-०६-२०८२)

WRITE COMMENTS FOR THIS ARTICLE

4 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x