सातदिने औपचारिक भ्रमणको लागि उपसभामुख राना चीन प्रस्थान
उसभामुख इन्दिरा राना सातदिने औपचारिक भ्रमणका लागि मंगलबार चीन प्रस्थान गरेकी छिन् ।
उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेशनल कर्पोरेसनमा भाग लिन अपराह्न १२ बजे छेन्दु प्रस्थान गरेकी हुन् ।
उनले उक्त फोरममा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने छिन् । भ्रमण दलमा प्रतिनिधिसभाका सदस्य सुहाङ नेम्बाङ र उपसभामुखका स्वकीय सचिव कुमार नेपाली पनि सहभागी छन् ।
फोरममा हिमाली क्षेत्रका यातायात, कृषि तथा औद्योगिक क्षेत्रका साझा मुद्दाका बारेमा बहस हुने भएको छ । उपसभामुख राना असार २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।
WRITE COMMENTS FOR THIS ARTICLE