अनिकाल – सुरेशकुमार पाण्डे

हाम्रो देशमा कुनैवेला खुबै अनिकाल हुन्थ्यो। “- विरबहादुरले आफूले भोगेको सुनाए।
” हो नी हजुर ! हाम्रो बाबा भन्नु हुन्थ्यो गाउँ -घरमा बेसा नपाएर टाडा टाडा बेसा खोज्न जानुपर्थ्यो रे। ” अनिलले पनि बाबाहरूले भनेको सुनायो।
” म आफैलाई थाहा छ हामि सानो छँदा हाम्रो आमा र गाउँका अरू धेरै महिलाहरू दुई दिन पछि बल्ल बेसा खोजेर दुई-दुई पाथि मकै लिएर आएका थिए मकै पनि पाइन्थेन् ।”- कुलमानले पनि आफूले देखेको भन्यो।
” तिमिहरूलाई थाहा छ एकफेरी जापानले आफ्ना पसुहरू विमार हुन्छन् यो खाए भने यसलाई कतै ठुलो खाडल खनेर गाड वा कतै नष्ट गरौँ ‘ भनेर भनेको म्याद सिद्धीयको मकै हाम्रो शासकले भनेछन्। होइन सर यो फ्याँक्नु भएन।हाम्रो देशमा भोकमरी अनिकाल छ भनेर ल्यायछन्।त्यो जापानी मकै पनि दुई रूपियाँ पाथी खोसा खोस भयो।त्यसको आटो पकाएपछि पुरै गाउँ गनाउँथ्यो त्यस्तो पनि हामिले खाएका थ्यौँ। “-विरबहादुरले आफुले भोगेको बताए।
” अहिले त्यस्तो दिन भने छैन ।कम्तिमा लगाउन खान पाएकाछन् जनताले।”- अनिलले शन्तुष्ट हुदै भने।
” हो अहिले विदेशबाटै आएको भएपनि बेसा किन्न जहाँकही पाइन्छ।अहिलेलाई अन्नको अनिकाल त छैन तर..! “- विरबहादुर बोल्दाबोल्दै रोकिए।
” तर के त ? हजुरले अँझैपनि अनिकाल छ भन्न खोज्नुभयो ?”-कुलमानले प्रश्न गरे।
” उति वेला त अन्नको अनिकाल हुन्थ्यो तर अहिले त बिस्वास इमान सबथोककै अनिकाल छ भनेपनि फर्क नपर्ला। “-विरबहादुर गम्भिर हुँद भने।
दाङ घोराही १८
२४-०९-२०२५(०७-०६-२०८२)
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE