शनिबार, फाल्गुन २३, २०८२
Saturday, March 7, 2026

सोंच – सुरेशकुमार पाण्डे

निरू बाहिर हेर त बेल बज्यो।” श्यामले आफ्नो रूमबाट आवाज लगायो। निरू किचनबाट भागेर दैलो खोली।गेटमा आफ्नै बाबा दिनुलाई देखेर खुसिभई । उसले हात छोपेर भित्र ल्याई।
” निरू सबै सञ्चै छौ घरमा ?” दिनुले सोधे।
” हजुर हामि सबै ठिकठाक छौँ । अनि घरमा आँमा भाई बहिना सबैलाई ठिकै छ होला ? ” निरूले पनि सोधी। ” सबै सञ्चैछन्
आज यतै बजार तिर आएको थिएँ सोंचे एकपटक छोरी जुँवाईलाईपनि भेटेर जाउँ । ” अनि जुवाँई खै त ? ” दिनुले थप प्रश्न गरे । ” उहाँ आफ्नो रूममा हजुर बसनुहोस् म पानी लिएर आउँछु ” निरूले भनि र किचन तिर लागि।
दिनु ड्राइङ्गरूमबाट उठेर श्यामको रूम तिर गए।श्यामले कपडा इस्त्री गर्दै थियो।उसले त्यो वेला निरूको साडी पटाइरहेको देखे।
” ओहो हाम्रो जुवाँई ज्यू कति मिहेन्ती एकछिन पनि खाली बस्नु हुँदैन , निरूले सधैँ माइती गएको वेला प्रसंसा गर्छे।हाम्रो छोरीलाई खुबै सुख्ख दिनुभएको छ।”- दिनुले प्रसंसा गर्दै भने।
” हजुर बुबा बसन्नुहोस् न।”-श्यामले खालि कुर्सि तर्फ इसारा गर्दै भन्यो।
उनि त्यँही बसे अनि गफ गर्दै गए।श्यामले पनि कपडा स्त्री गरेर सक्यो।
निरूले भाँसा तैयार गरि , सबै बसेर भान्सा गरे।एकछिन गफ चल्यो।
” हस् अब घर तर्फ लाग्छु फेरी कुनैदिन आउँनुपर्ला “दिनुले बिदालिँदै भने। ” बाबा! आज यतै बसेको भएपनि त हुन्थ्यो ।” निरूका दुबैजनाले भने ।
” आज अरू पनि काम छ। अब म लाग्छु।” दिनुले विदा मागे।
” म बाबालाई बस पार्कसम्म पुराएर आउँछु।” श्यामपनि दिनुसँगै निसकियो।
” जुँवाईज्यू एउटा कुरा भनौँ गारो नमानियोस् !” दिनुले अनुमती मागे।
” भन्नोहोस् न बुबा किन गारोमान्थे।” श्यामले मुस्कुराउँदै भन्यो।
” लुगा स्त्री पनि गर्नजान्नु भएको रहिछ खुसि लाग्यो । महीँलाहरूको लुगा स्त्रीसम्म त ठैकै हो तर धुने काम भरि कहिल्यै नगर्नुहोला जुवाँई पुरूषको आयु घट्छ।” दिनुले सुस्तरी प्याच गम्भिर मुन्द्रामा भने।
दाङ घोराही १८
” २३-०३-२०८२(०७-०७-२०२५)

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x