कालिका गाउपालिकामा अपांग सशक्तीकरण सम्बन्धि तालीम सम्पन्न

सामाजिक बिकास शाखा अन्तरगत अपांगता सशक्तीकरण कार्यक्रम कालिका गाउँपालिमा समापन भएको छ । समापन कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष हरिकृष्ण देवकोटा थिए । यस्तै अतिथिहरु वडा अध्यक्ष एव कानुनी स्राेत ब्यक्ति फणीन्द्र प्रसाद न्याैपाने , एसिया फाउन्डेसनका निर्देशक नबराज अाचार्य आदीले मन्तव्य शुभकामना राखेका थिए ।
कालिका गापा र आरडिआरसीको सहकार्यमा अपांगता ग्राम निर्माण परियाेजना निर्माणकाे लागि लेखाजोखा केन्द्र स्थापना गर्ने निर्णयका साथ सस्थाका अध्यक्ष गाेरमेन तामाङकाे अध्यक्षतामा कार्यक्रम भएको थियो । स्राेत शिक्षक बिष्णु अाचार्यले कार्यक्रम संचालन गरेका थिए ।
पाँच वटा पालिकाकाबाट कुल एक्काइस जना सहभागी रहेकोे यस कार्यक्रममा सिबिआरको अाधारभुत तालिम , सुचना प्रबिधि ,कृषि र पर्यटन ,नेतृत्व विकास , ब्यवसाय तालिम , उद्घाेषण कला , कलाकारिता नृत्य बाद्यवादन लेखापढी , विमा ,सहकारीता प्रस्तावना लेखन , माला बुनाइ ,ढक्की वुनाइ ,काेदाे सङ्कलन र काेदाे र फापर करुकाे सर्वाेतम पिठाे , ताेरीकाे तेल , तथा सामुदायमा अाधारित कृषि उपज केन्द्र स्थापना र अपांगता भएको ब्यक्तिका बाझाे जग्गामा कफी कागती खेती फलफूल राेपण अभियान आदि बिसयमा छलफल भएको थियो ।
फरक क्षमता भएका ब्यक्तिका लागि शसक्तिकरणका निम्ति यो कार्यक्रम उपलब्धिमुलक रहेको थियो ।
सामाजिक बिकाश शाखा प्रमुख र प्रदेश कार्यालयवाट अनुगमन भइ , यहीँ 12 गते समापन भएको थियो । यस कार्यक्रमवाट उत्पादित सामाग्रि प्रदर्शनी तथा कार्यक्रमकाे समीक्षा र याेजना तर्जुमा कार्यशाला आदि बिषयमा छलफल भएको थियो ।
यहीँ २९ गते महिला बालबालिका मन्त्रीकाे प्रमुख अातिथ्यतामा सामाजिक बिकास शाखाकाे कार्यक्रम गर्ने निर्णयका साथ कार्यक्रम समापन गरियाे ।
RELATED NEWS ARTICLES





WRITE COMMENTS FOR THIS ARTICLE