महासचिव गुटरेसको भ्रमणले नेपालको प्रतिष्ठा बढाउने छ : प्रचण्ड


नेपाली कांग्रेसले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डले दलहरुको बीचमा विस्तारै राजनीतिक सहमति बन्दै गइको बताए । शान्ति प्रकृया लगायतका विषयमा पनि दलहरुको बीचमा सहमति भइरहेको बताउँदै उनले सोही सहमतिको प्रयास स्वरुप संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण हुन लागेको बताए ।
यो बीचमा मैले अन्तर्राष्ट्रिय भ्रमण पनि गरेको छु, भारत, चीन र अमेरिकाको भ्रमण गरेर मैले जुन कुटनीतिक पहल गरे त्यसैको परिणामस्वरुप महासचिव गुटरेस तीन दिने भ्रमणका लागि आउँदै हुनुहुन्छ, उहाँले जलवायु परिवर्तनसम्बन्धी सम्बोधन गर्नुहुन्छ, शान्ति प्रकृया र नेपालको आर्थिक विकासको लक्ष्य बारेपनि सम्बोधन गर्नुहुन्छ । सबै कुटनीतिक सफलताको परिणाम रहेको उनले बताए । यी भ्रमणहरुले नेपालको प्रतिष्ठा बढाउनेमा¢ आफूले विश्वास लिएको पनि उनले बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE