मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025

रुकुम पश्चिमको चौरजहारीमा मोटरसाईकल दुर्घटनामा परेर एक युवाको मृत्यु

  • 2K
  •  
  •  
  •  
  •  
  •  
  •  
    2K
    Shares

चौरजहारी नगरपालिका १ लामिछानेगाउँ निवासी ३२ वर्षीय चिरन्जिवी लामिछानेको आज बिहान दुर्घटनामा परेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरी नायब उपरिक्षक प्रमेश बिष्टका अनुसार चौरजहारी बजारबाट घरतर्फ जाने क्रममा लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्वरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको हो । घर पुग्ने क्रममा आज बिहान २ बजे मोटरसाईकल दुर्घटना भएको र उपचारको लागि चौरजहारी अस्पताल लिएको बेला चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक लामिछाने कर्णाली प्रदेश मार्शल आर्ट गेम्स महासंघ तदर्श समितिको सदस्य हुनुहुन्थ्यो । अत्यन्त मिलनसार, सहयोगी मनका चिरन्जिवीको मृत्युको खबरले गाउँ शोकमा परेको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याईदै गरेको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x