मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026

भ्रष्टाचारविरूद्भको अभियान थप तीव्र भएर जान्छ – प्रचण्ड

  • 143
  • 6
  •  
  • 1
  •  
  •  
  •  
    150
    Shares

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीलाई रूपान्तरण गरेर मात्रै देश रूपान्तरणको आधार तयार पार्न सकिने बताएका छन्।

मंगलबार बिहान राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले माओवादी रूपान्तरण अनिवार्य भएको बताए ।

प्रशिक्षणमा प्रधानमन्त्रीले भने, ‘देश रूपान्तरणको नयाँ सङ्कल्पसहित एउटा अभियानको सुरुवात गरिएको छ। यसलाई हामी थप तीव्रता दिएर अघि बढ्नेछौं। त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य रहेको उनले बताए । जनतासँग माओवादी अभियानले त्यो रूपान्तरणको सुरुवात गर्नेछ।’ नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ। यो यहीँ रोकिनेवाला छैन’ प्रधानमन्त्रीले भने,’भ्रष्टाचारविरूद्भको अभियान थप तीव्र भएर जान्छ। हामीविरूद्ध घेराबन्दी छ, अनेकौँ कुप्रचार छ। तर, हामी दृढताका साथ नै अघि बढ्नेछौं’।

प्रधानमन्त्रीले भने, ‘परम्परागत विकासको मोडेलले समृद्धिको नेतृत्व गर्न सक्दैन। यसमा गुणात्मक रूपान्तरण जरुरी छ। असफल भएको विकास मोडललाई हामीले सधैँ बोकेर हिँड्न सक्दैनौँ। अर्को बजेटसम्म आउँदा हामी नयाँ अर्थनीति र योजनाका साथ अगाडि जानेछौ’। नेपालको हितका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गरिएको छ। त्यसको नतिजा क्रमशः आउनेछन्’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कूटनीतिमा वर्तमान सरकारले जुन सफलता हासिल गरेको छ, यसबाट कतिपयमा छटपटी सुरु भएको छ। १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता सानो कुरा होइन। यी कामलाई तपाईहरूले जनताको बीचमा लैजानुस् ‘भनेर आग्रह समेत गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x