लघुकथा : सपना -सुरेशकुमार पाण्डे


सागर ! दाई हजुर यहाँ कसरी ? “-रमेशले सागर सङ्ग जम्काभेटमा आश्चार्य प्रकट गर्दै भन्यो।
” ओहो रमेश !मत चिन्नै सकिन तिमी कताबाट पाल्यो ?”-सागर पनि एकछिन् ट्वालपरेर हेर्यो र अचम्मपर्दै प्रतिप्रश्न गर्यो।उनिहरू अहिले धेरैवर्ष पछि अचानक भेट भएका हुन्।
” मत दाई रिटार्यड हुन् दुई वर्ष जती छ, तर सरकारले यहाँ फाल्दियो। भनिन्छ नी “हँजीको नोकरी नाजीको घर” केगर्रो अनि ठिकै छ दुई वर्ष यतै काटौँला भनेर चुपचाप आएँ। अनि हजुर कसरी पाल्नुभयो ?”-रमेशले आफ्नु कुरा भन्दै सोध्यो।
” म यही गाउँमा बसाई सरेको छु केही वर्ष भयो।”- सागरले भन्यो।
” तर दाई हजुरको त बाजारमा पनि छ नी घर ?”-रमेशले सोध्यो। ” बाजारमा थियो कुनै जमानाम।अहिले त यही गाउँमा छ ।येतै नजिकै छ हिंड घर देखाउँछु।”-सागरले रमेशलाई हातमा छोप्दै भने।
दुबै पुराना मित्रहरू कुरा गर्दै सागरको घर पुगे।
” कस्तो ठट्टा गर्नुहुन्छ के यो घर हजुरको हो त ?”-रमेशले घर देखेर सागरले आफुसँग ठट्टा गरेको जस्तै सम्झियो।
घर झुग्गी थियो तर एकैछिनमा भित्र सागरको सागरको श्रीमतिलाई देखेपछि बल्ल ऊ पत्याउँन बाध्य भयो।
” दाई हजुरले बजारको घर कीन बेच्नुभएको ? “-रमेशले सोध्यो।
” छोरालाई डाक्टर बनाउँन् भनेर ऋण लिएं तिर्न सकिन पछि बैंकले लिलाम गर्यो “- सागरले भन्यो।
“ए ए अनि बनाउँनु भयो त छोरालाई डाक्टर ? “-रमेशले सोध्यो।
” रमेश ! आफुले मात्र चाहेर केही हुँदो रहिनछ भाई ।त्यसको लागि बातावरण अनि र संबन्धित व्यकतीको इच्क्षाशक्ती र संगतमा पनि भर पर्दो रहिछ।
” हजुर त्यो त हो।”-रमेशले समर्थनमा भन्यो।
” ऊ ती हेर त मेरो डाक्टर छोरा “-सागरले बारीमा मातेर विहोस् पल्टिएकोको व्यक्तिलाई देखाउँदै भन्यो।
दाङ घोराही १८
१०-१२-२०२४(२५-०८-२०८१)
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE